मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा आइपीएल, नेपालमा सट्टेबाजी

बिहीबार, १५ असोज २०७७, ११ : ०३
बिहीबार, १५ असोज २०७७

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा कसले खेल जित्ने वा हार्ने भनी अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने विराटनगरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका–१७ का ४२ वर्षीय जगदिश साह रहेका छन् ।

अनलाइनमार्फत सट्टेबाजी खेल खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मुन्ना भन्ने सत्यजित साहलाई आफ्नै घरबाट मोबाइल फोनमार्फत सट्टाबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सत्यजित साहको साथबाट निलो रङको सामसुङ कम्पनीको मोबाइल एक थान, नेपाली विभिन्न दरका ६० हजार रुपैयाँ र डेल कम्पनीको ल्यापटप एक थान बरामद गरिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।

त्यस्तै जगदीश साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थान र आर१५ मोटरसाइकल एक थान बरामद गरिएको छ भने वैजनाथ साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थाना बरामद गरिएको खड्काले बताए ।

प्रहरीका अनुसार मोबाइल फोनमार्फत आइपीएल हार्ने वा जित्ने भनी इन्टरनेटमार्फत सट्टेबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप