शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डक नदीमा मोटरजडित ठूलो डुङ्गा सञ्चालनमा आएपछि सुस्तावासी हर्षित

बिहीबार, १५ असोज २०७७, १० : ४८
बिहीबार, १५ असोज २०७७

गण्डक नदीमा मोटरजडित ठुलो डुङ्गा सञ्चालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन् । १६० क्वीन्टल भार बोक्न सक्ने ठूलो डुङ्गामा नदीमा सञ्चालनमा आएपछि सुस्ताबासी खुशी भएका हुन् ।

यो डुङ्गा सानो डुङ्गाभन्दा कम जोखिमपूर्ण र बढी भार बोक्ने सक्ने क्षमताको रहेको छ । डुङ्गामा दुई सिलिण्डरको ट्रयाक्टरको ईन्जिन जोडिएको छ र डिजेलबाट चल्ने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।

पटक–पटक सानो डुङ्गा नदीमा पल्टिएर धनजनको क्षति हुने गर्थ्यो भने र सुस्ता वारीपारी आवतजावतमा बढी समय लाग्ने गर्दथ्यो । ठूलो डुङ्गामा धेरै सर–सामान पनि राख्न मिल्ने र बाढीमा पनि सहजै यात्रा गर्न सक्ने प्रवक्त जयसवालले बताए । यस डुङ्गाबाट यात्रा गर्दा कम जोखिम रहेको र अहिलेको समयमा वारीबाट सुस्तापारी पुग्न जम्मा १० मिनेट लाग्ने उनले बताए् ।

सुस्तावासीको समस्या सामाधानका लागि नदीमा झोलुङ्गे पुल बनाउने योजना वर्षौंदेखि रहे पनि त्यो पुल अझै बन्न सकेको छैन । आफनो दैनिकी सहज बनाउन विकल्पको रुपमा उक्त मोटर ईन्जिनबाट चल्ने डुङ्गा तयार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप