बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डा केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

बिहीबार, १५ असोज २०७७, १० : ३८
बिहीबार, १५ असोज २०७७

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका छन्। संयोजक मिश्रले अनसनको लामो समय भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका छन्। 

मिश्रसँगै केसीलाई भेट्न पुगेका पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले  भुँईमान्छेको लागि एक बुँद पानी समेत नखाई १८औं दिन सम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखा गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरे।

‘डाक्टर केसी जनताका लागि हाड-छाला सुकाएर, ओँठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्बोधन गर्न अहिलेसम्म वार्ता टाेली समेत गठन नगरेर अनदेखा गरिरहेको छ, यो भन्दा गैरजिम्मेवारी ब्यवहार के हुन सक्छ !  परियारले बताए। 

केसीले अनसन बसेको आज १८ दिन बितिसकेपनि सरकारले उनकाे माग पूरा गर्न हालसम्म वार्ता टोली समेत गठन गरेको छैन ।

यो पनि...

  डा केसीको माग सम्बोधनका लागि अबिलम्ब वार्ता टोली गठन गर्न संघको माग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप