शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट निको भएपछि गर्नुहोस् यी ६ काम

बिहीबार, १५ असोज २०७७, १० : ०७
बिहीबार, १५ असोज २०७७

कोरोनाभाइरसबाट निको भएपछि धेरैजसो मानिसहरुको शरीर एन्टिबडी बनिरहेको छ । यो एन्टिबडीले शरीरलाई भाइरसको पुनः संक्रमणबाट जोगाउने गर्छ । यद्यपि, यो एन्टिबडी शरीरमा कहिलेसम्म रहन्छ, त्यसमाथि अहिलेसम्म पनि बहस जारी छ । यस्तोमा कोरोनाभाइरसबाट ठिक भइसकेका मानिसहरु पुनः संक्रमित भएको खबर पनि आइरहेका छन् ।

कोरोनाभाइरसबाट संक्रमित हुनेहरुमा कि त वृद्ध–वृद्धा छन् कि त लापरवाही अपनाएका व्यक्ति छन् । हुन त मास्क लगाउने, सामाजिक दुरी अपनाउने र हात धुनेजस्ता नियम सबैका लागि हो तर कोरोनाभाइरसबाट निको भइसकेकाहरुले केही विशेष कुरामा ध्यान दिनुपर्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

नियमित रुमपा व्यायाम गर्नुहोस्ः

कोरोनाभाइरसबाट ठिक हुने प्रक्रियामा शरीर निकै कमजोर हुनेगर्छ । यस्तोमा व्यायाम गर्दा निकै गाह्रो हुने गर्छ तर बिस्तारै बिस्तारै यसलाई आफ्नो रुटिनमा समावेश गर्नुहोस् । नियमित रुपमा व्यायाम गर्दा तपाईंको शरीरिक र मानसिक स्वास्थ्य पनि फिट हुनेछ ।

पौष्टिक खानाको रुटिन बनाउनुहोस्ः

आफ्नो खानामा धेरैभन्दा धेरै पौष्टिक आहार समावेश गर्नुहोस् । यसले तपाईंको स्वास्थ्यमा निकै राम्रो सुधार हुनेछ । कोरोनाभाइरसका कारण धेरैजसो मानिसहरुलाई भोक लाग्दैन जसका कारण तौल असाध्यै कम हुन्छ र शरीर कमजोर हुन थाल्छ । आफ्नो दैनिकको आहारमा अर्गानिक उत्पादन, सागसब्जी र अण्डा समावेश गर्नुहोस् । आवश्यकताभन्दा धेरै नखानुहोस् । ध्यानमा राख्नुहोस् कि तपाईंको शरीर अहिले पनि निको हुने प्रक्रियामा नै छ ।

स्मरणशक्ति बढाउने क्रियाकलाप गर्नुहोस्ः

कोरोनाभाइरसले स्मरणशक्तिमा प्रभाव पारेको हुन्छ । यसले मेमोरी सेल्सलाई क्षती पुर्याउँछ । आफ्नो स्मरणशक्ति बढाउनका लागि पजल्स वा कुनै यस्ता गेम खेल्नुहोस् जसमा दिमागको प्रयोग धेरै हुन्छ । सजिलो खेलबाट सुरु गरेर बिस्तारै बिस्तारै यसको लेभल बढाउनुहोस् ।

बिस्तारै अघि बढ्नुहोस्ः

कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएपछि सामान्य जीवनतर्फ अघि बढ्न हतार नगर्नुहोस् । ध्यान राख्नुहोस् कि तपाईंले एउटा यस्तो भाइरससँग लड्नुभएको छ जसले तपाईंको प्रतिरोधी क्षमतामाथि हमला गरेको थियो । तपाईंले आफूले आफैंललाई थोरै समय दिनुहोस् र बिस्तारै बिस्तारै आफ्नो पुरानो दिनचर्यामा फर्कने कोसिस गर्नुहोस् ।

चेतावनीयुक्त संकेतलाई बुझ्नुहोस्ः

टाउको दुखाई होस् वा थकान, कोरोनाबाट निको भइसकेपछि पनि यदि तपाईंमा कुनै समस्या देखिएको छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् । आफ्नो डाक्टरलाई तुरुन्त सम्पर्क गर्नुहोस् र यी लक्षणबारे जानकारी दिनुहोस् ।

अरुको पनि मद्दत लिनुहोस्ः

आफू ठिक हुने प्रक्रियामा अरुलाई पनि समावेश गर्नुहोस् । तपाईंलाई धेरैभन्दा धेरै आरामको आवश्यकता छ भनेर बुझ्नुहोस् ।  यस्तोमा कुनै पनि कुरा तपाईंलाई चाहिएको छ भने आफ्नो परिवार र साथीभाइको सहयोग लिनुहोस् । यसो गर्दा तपाईंले पनि आराम पाउनुहुन्छ, साथै मानिसहरुसँग तपाईंको सम्बन्ध पनि बलियो हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप