कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई बैंकको शाखा बन्द
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, “पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन् ।”
उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ । कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिानमा छन् । राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताएका छन् । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
-
प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण