शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुटुको स्वास्थ्यका लागि हानिकारक छन् जवानीमा गरिएका यी पाँच काम

बिहीबार, १५ असोज २०७७, ०९ : ४५
बिहीबार, १५ असोज २०७७

मुटु त्यो अंग हो जसको कामकाजमा थोरै गडबडीले पनि पूरा शरीरलाई प्रभावित तुल्याउन सक्छ । मुटुलाई स्वस्थ राखका लागि सबैभन्दा आवश्यक भनेको आफ्नो रुटिन र खानपिनलाई ठिक राख्नु हो । यस्तै वाल्यकालदेखि जवानीसम्म गरिएका काम र स्वस्थ रुटिनले पनि मुटुलाई स्वस्थ राख्न ठूलो भूमिका निभाउने गर्छ । हो, स्वास्थ्य एक दिनको कुरा होइन । यो लामो समयसम्मको अथक प्रयास हो, प्रक्रिया हो । अर्थात्, जवानीमा गरिएका गल्तीले तपाईंलाई भविष्यमा समस्यामा पार्नसक्छ । यस्ता कुरा तपाईंको मुटुको स्वास्थ्यसँग पनि जोडिएको हुन्छन् । वास्तवमा यदि तपाईं २० देखि ३० वर्षको उमेरमा एक खराब जीवनशैली र खानपिन अपनाउनु हुन्छ भने भविष्यमा यसले तपाईंलाई धमनीसँग जोडिएका विकार, टाउको दुखाई र यहाँसम्म कि हृदयघातको शिकार पनि बनाउन सक्छ । आज हामी तपाईंलाई यस्तै पाँच कुराबारे जानकारी दिँदैछौं ।

१. बसी रहनु र शारीरिक काम कम गर्नुः

जवानीमा बसिराख्दा बुढेसकालमा दुःख पाइन्छ भनेको धेरैले सुन्नभएको होला । यो कथन स्वास्थ्यको हिसाबले पनि सही  हो । वास्तवमा जो मानिसहरु धेरै समयसम्म बसिरहन्छन् उनीहरुलाई धेरैजसो मुटु सम्बन्धि रोग लाग्छ । वास्तवमा बसिराख्दा हाम्रो रक्त सञ्चार खराब हुन्छ र धमनी खुम्चन थाल्छन् जसका कारण मुटुमा दबाब पर्छ । एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित सन् २०१५ को एक अध्ययन अनुसार लामो समयसम्म बसिराख्दा मुटुरोगको खतरा १४ प्रतिशतसम्म बढ्नसक्छ । त्यसैले यदि तपाईंको ‘डेस्क जब’ छ भनेपनि हिँड्ने, डुल्ने क्रियाकलापमा अत्यधिक सक्रिय हुनुहोस् ।

२. खराब ओरल केयरः

सुन्दा अचम्म लाग्ला तर तपाईंको ओरल केयर पनि तपाईंको मुटुको स्वास्थ्यसँग जोडिएको हुन्छ । दाँतको समस्या हुने मानिसहरुमा हृदयघात, स्ट्रोक र मुटु सम्बन्धि समस्याको अत्यधिक खतरा हुन्छ ।

३. खानामा फलफूल र साजसब्जीलाई नजरअन्दाज नगर्नुहोस्ः

यदि तपाईंमध्ये कोही सागसब्जी र फलफूल निकै कम खानुहुन्छ भने बुझ्नुहोस् कि तपाईंले धेरै रोगलाई निम्तो दिइरहनुभएको छ । सन् २०१४ मा गरिएको एउटा विश्लेषणमा दिनमा पाँचवटा फलफूल र सागसब्जी खाँदा मुटु रोगको खतरा २० प्रतिशतसम्म कम हुनसक्ने बताइएको छ । यस्तै, जो मानिसहरु आफ्नो खानामा फलफूल र सागसब्जीलाई कम समावेश गर्छन् उनीहरुमा मोटोपना र रक्तचापसँग जोडिएको समस्या देखिने गर्छ जसले मुटु रोगलाई निम्त्याउने काम गर्छ ।

४. धेरै तनाव लिनुः

जागिर र करियरको विषयमा जवानीका दिन धेरैजसो संघर्षमा नै बितिरहेको हुन्छ । तर अत्यधिक तनाव लिँदा यसले मुटुरोग निम्त्याउँछ । यस्तै धेरै तनाव लिँदा उच्च रक्तचाप र धेरै नै रिस उठ्ने समस्या पनि निम्त्याउँछ । विशेषगरी तब जब तपाईं यसलाई समयसँगै बढ्न दिनुहुन्छ । लामो समयसम्म तनावमा रहँदा कोर्टिसोलको उच्च स्तरले तपाईंको रक्तचाप, कोलेस्ट्रोल र ब्लड सुगरलाई बढाएर मुटुरोगको जोखिम बढाउने काम गर्छ । यस्तो तपाईंले रिसलाई नियन्त्रण गर्न सिक्नुपर्छ । योग गर्नुपर्छ र दिमागलाई शान्त राख्ने कोसिस गर्नुपर्छ ।

५. धुम्रपान र परिवार नियोजनका औषधीको सेवनः

धुम्रपान सधैं मुटुको स्वास्थ्यका लागि हानिकारक छ । यस्तोमा तपाईंले आफ्नो चुरोटको लत छोड्नुपर्छ । मद्यपान होस् वा धुम्रपान, यो मुटुका लागि कुनै पनि हालतमा सही छैन । यसले हृदयघातको खतरालाई तीब्र रुपमा बढाउने गर्छ ।

यस्तै, महिलाले परिवार नियोजनको अस्थायी साधनको रुपमा सेवन गर्ने औषधी पनि मुटुका लागि सही होइनन् । वास्तवमा ओरल कन्ट्रासेप्टिभ पिल्सले तपाईंको रक्तचाप बढाउने गर्छ र थुप्रै मानिसहरुलाई मोटोपनाको शिकार पनि बनाउने गर्छ । त्यसैले पिल्सको सेवनबाट बच्नुहोस् ।

यी समस्त कुरालगायत यदि तपाईंले आफ्नो मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने सबैभन्दा पहिला व्यायाम गर्न सुरु गर्नुहोस् । तपाईं मुटुलाई स्वस्थ राख्नका लागि कार्डियो व्यायामको मद्दत लिन सक्नुहुन्छ जसले तपाईं रक्त सञ्चारलाई उत्कृष्ट बनाउन सहयोग गर्छ । यस्तै, यसले तपाईंको तनावको स्तरलाई पनि कम गर्छ । यस्तै खानामा चिनी, नुन र अस्वस्थकर फ्याट कम गर्नुहोस् जसले कोलेस्ट्रोललाई प्रभावित गर्छ । साथै, खानामा भरपूर मात्रामा भिटामिन र फाइबरयुक्त खानेकुरा समावेश गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप