शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अण्डा खाने सही तरिका के हो ? तारेर कि उसिनेर ?

बिहीबार, १५ असोज २०७७, ०८ : ५६
बिहीबार, १५ असोज २०७७

अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कोही यसलाई पकाएर खान रुचाउँछन् भने कसैलाई उसिनेको अण्डा खान मनपर्छ । कतिलाई भने अण्डा आधा पाकेको मनपर्छ । मानिसहरु सबैभन्दा पहिला स्वादलाई प्राथमिकता दिन्छन् । स्मरण रहोस्, पकाएको र उसिनेको अण्डाको फाइदा भिन्न छन् । प्रश्न यो छ कि अण्डालाई आफ्नो स्वाद अनुसार उसिनेर वा पकाएर खाइरहेका छन्, त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? यो लेखमार्फत् अण्डा खाने सही तरिका के हो ? त्यसबारे जानकारी लिऔं । साथै यसमा लुकेका गुणबारे पनि थाहा पाऔं ।

अण्डालाई किन भनिन्छ सुपरफुड ?

अण्डालाई सुपरफुड भनिन्छ किनभने यो स्वस्थ पोषक तत्व र भिटामिनले भरिएको हुन्छ । यसभित्र प्रोटिन, बायोटिन, आइरन, स्याचुरेटेड फ्याट, भिटामिन बी सेभेन, भिटामिन एच, भिटामिन बी १२, जिङ्क, म्याग्नेसियम र क्यारोटिनोयड भरपुर मात्रामा पाइन्छ । उच्च कोलेस्ट्रोल र मुटु सम्बन्धि समस्यासँग जुधिरहेका मानिसहरुले भने अण्डा खान हुँदैन ।

काँचो अण्डाको स्वास्थ्यमा प्रभावः

केही मानिसहरु विशेषगरी मांसपेशी बढाउनका लागि काँचो अण्डाको सेवन गर्छन् । यद्यपि, यस्तो गर्नु गलत हो । अण्डा धेरैजसो साल्मोनेलाले दूषित हुन्छन् । यस्तोमा यसको काँचो सेवनले ब्याक्टेरिया खाद्य जनित रोगलाई शरीरमा पैदा गर्न सक्छ । तसर्थ डाक्टरले अण्डा पकाएर मात्रै खान सुझाउँछन् । अण्डा पकाएपछि प्रोटिन भरपुर मात्रामा पाउन सकिन्छ ।

 अण्डालाई पकाएर खाँदाः

अण्डालाई धेरै मानिसहरुले पकाएर नै खान्छन् । अण्डालाई टोस्ट बनाएर खाने हो भने यो स्वास्थ्य र उच्च प्रोटिनयुक्त नास्ता हुन्छ । यसका लागि अण्डामा केही तरकारी, मसला र पनिरजस्ता खाद्य पदार्थ हालेर त्यसलाई राम्रोसँग मिक्स गरेर मध्यम आँचमा पकाउने । यो अण्डा पकाउने सबैभन्दा राम्रो विधि हो र निकै छिटो पनि यो बनाउन सकिन्छ । यदि तपाईंले यसलाई धेरै बेर पकाउनुहुन्नँ भने संवेदनशील पोषक तत्व निकै काम मात्रामा नष्ट हुनेछन् । तारेको अण्डालाई धेरै बेर पकाउँदा अण्डामा प्रोटिन र भिटामिन बी–१२ जस्ता थुप्रै पोषक तत्वको कमी हुनसक्छ ।

अण्डा उसिनेर खाँदाः

अण्डालाई धेरैबेर पकाउँदा यसमा पाइने धेरैजसो पोषक तत्वको नष्ट हुन्छ तर अण्डा धेरैबेर उसिन्दा भने त्यसबाट थोरै मात्रामा मात्रै पोषक तत्व नष्ट हुन्छ । अण्डा उसिन्दा त्यसको रानी (पहेँलो भागमा) एन्टिअक्सिडेन्टको मात्रा कम हुनसक्छ । जर्नल अफ एग्रिकल्चरल फूड केमेस्ट्रिमा प्रकाशित एक अध्ययन अनुसार अण्डा उसिन्दा त्यसको रानीमा एन्टीअक्सिडेन्ट सामग्रीमा २२.५ प्रतिशतको कमी आउन सक्छ । धेरै बेर उमालिएको अण्डाको तुलनामा थोरै बेर उमालिएको अण्डामा धेरै पोषक तत्व पाइन्छ ।

तसर्थ, तारेर बनाएको अण्डा मिठो लाग्छ भने मध्यम आँचमा धेरैबेर नपकाइकन खानुपर्छ र यदि उसिनेको अण्डा रुचाउनुहुन्छ भने पनि लामो समयसम्म नउमाल्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप