बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड र सिटी काराबाओ कपको अन्तिम आठमा

बिहीबार, १५ असोज २०७७, ०८ : ३७
बिहीबार, १५ असोज २०७७

चार दिनको अन्तरमा दोस्रो पटक ब्राइटनलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबारमात्र प्रिमियर लिगमा खेल सकिएपछि पाएको पेनाल्टीको मद्दतले युनाइटेडले ब्राइटनलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । बुधबार भने अधिकांश दोस्रो रोजाइका खेलाडीहरु खेलाइएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी बन्यो ।

युनाइटेडको जीतमा स्कट म्याक टोमिनी, हुवान माटा र पाउल पोग्बाले एक–एक गोल गरे ।

उता, म्यान्चेस्टर सिटीले पनि बर्नलीलाई समान ३–० गोलले अन्तरले हराउँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

सिटीलाई जीत दिलाउन राहिम स्टर्लिङले २ तथा फेरान टोरेसले एक गोल गरे ।

त्यस्तै, डोमिनिक काल्भर्ट लेविनले सिजनको दोस्रो ह्याट्रिक गरेपछि एभर्टनले वेस्ट ह्यामलाई ४–१ गोलअन्तरले हरायो । जीतसँगै एभर्टन पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लेविनले खेलको ११, ७८ र ८४ मिनेटमा गोल गदै ह्याट्रिक पूरा गरे भने अर्को गोल रिचार्लिसनले गरे ।

बिहीबार लिभरपुल र आर्सनलको खेलपछि क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप