बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब ट्रोल्सका कारण बिग बस छोड्न चाहन्थे सलमान, यस कारण रोकिए

बिहीबार, १५ असोज २०७७, ०८ : ०६
बिहीबार, १५ असोज २०७७

बिग बस १४ सुरु हुने तयारीमा छ । हरेक पटक झैं सलमान खान कार्यक्रमलाई होस्ट गर्नेछन् र दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । सधैं झैं यसपटक पनि सलमान खानको पारिश्रमिक एक चर्चाको विषय बनेको थियो तर तपाईंले कहिले सोच्नुभएको छ ? सलमान यति लामो समयसम्म बिग बससँग किन जोडिएका छन् । यस्तो के कारण छ कि उनी कार्यक्रम छोड्न चाहँदैनन् ।

आखिर किन कार्यक्रम छोड्न चाहन्थे सलमान ?

बिग बसको १३ औं संस्करणमा सलमान खानले कार्यक्रम छोड्ने व्यापक चर्चा थियो । अझ सलमानले कार्यक्रम बीचमा नै छोडिदिने हल्ला असाध्यै चल्यो । एक समय यस्तो पनि थियो जब सलमान खानको अत्यधिक आलोचना भइरहेको थियो । सलमान खानले गेम र प्रतिस्पर्धीको जीवनमा अत्यधिक हस्तक्षेप गर्ने गरेको र उनले आवश्यकताभन्दा बढी सल्लाह दिने गरेको आरोप लागेको थियो । यसै कारण उनी मानिसहरुको निशानामा आउँछन् । सलमान खानले नै प्रतियोगीहरुलाई गाइड गरिरहेको पनि बताइन्छ ।

एक अन्तरवार्तामा उनले यसै कारण उनले बिग बस छोड्न चाहेको बताएका थिए । उनका अनुसार उनको बानी नै यस्तो छ कि उनी सबैलाई मद्दत गर्नमा विश्वास राख्छन् । उनी सबैलाई सल्लाह दिन चाहन्छन् । जहाँ कुनै गल्ती भइरहेको छ भने त्यहाँ गल्तीबारे जानकारी दिन चाहन्छन् । यसबारे सलमान खानले भनेका थिए, ‘जब अमिताभ बच्चनले कार्यक्रम प्रस्तुत गर्दथे तब उनले धेरै प्रतिक्रिया दिँदैनथे । प्रतिस्पर्धीले जस्तो गर्दथे, त्यसमा नै चुप बस्दथे । तर म खेलमा घुलमिल हुन्छु । प्रतिस्पर्धी पनि मसँगको सम्पर्कमा हुन्छन् ।’

कुन कारणले शोसँग जोडिए ?

सलमान थप्छन्, ‘यस्ता आलोचनाका बाबजुद पनि म कार्यक्रमलाई असाध्यै माया गर्छु । तीन महिनाको सुटिङले असाध्यै थकित त बनाउँछ तर कार्यक्रमबाट मैले जुन प्रेम पाउँछु, त्यो सधैं आफूसँग लिएर आउँछु । प्रतिस्पर्धीलाई थुप्रै अवस्थामा गाइड गर्न आवश्यक हुन्छ । ’

सलमानले थुप्रै सिजनदेखि यस्तै गर्दै आएको छन् । अघिल्लो सिजनमा त सलमान खानले सिद्धार्थ–असिमसँग पनि यस्तै गरे । दुबैलाई रिस नियन्त्रण गर्न सिकाए । यस्तै उनले रश्मिलाई पनि अरहानको वास्तविकताबारे जानकारी दिएका थिए । सलमान खानको यहि विशेषता हो । उनले यसै कारण प्रेम पनि पाउँछन् र उनी यसै कारण निशानामा पनि आउँछन् । तर यो सलमान खानको त्यो बानी हो जुन कहिल्यै परिवर्तन हुनेछैन । उनी यो सिजनमा पनि प्रतिस्पर्धीलाई गाली गर्नेछन्, सम्झाउनेछन् र रमाइलो पनि गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप