केन्द्रीय संस्करण

रियलको अपराजित यात्रा जारी

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

भिनिसियस जुनियरको एक मात्र गोलको मद्दतले रियल भालाडोलिडलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ ।

घरेलु मैदान बाहिर खेलिएका दुई खेलबाट ४ अंक बटुलेको रियललाई आफ्नो घरेलु मैदानमा खेलिएको सिजनको पहिलो खेलमा लय पक्रन केही समय लागेको थियो ।

भालाडोलिडको गोलकिपर रोबर्टोले फेडेरिको भालभर्डे र लुका योभिचको प्रहारलाई बचाउँदै पाहुना टोलीलाई खेलमा जीवित राखेका थिए । तर, दोस्रो हाफको मध्यतिर भिनिसयसले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए ।

योसँगै रियल गेटाफे, भिल्लेरियाल र भ्यालेन्सियासँगै ७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

अन्य खेलमा एथ्लेटिको म्याड्रिड हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ भने भिल्लेरियालले आलाभेसलाई ३–१ गोलअन्तरले हरायो । इल्चेले इबारलाई १–० गोलले पराजित गर्यो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.