रियलको अपराजित यात्रा जारी

भिनिसियस जुनियरको एक मात्र गोलको मद्दतले रियल भालाडोलिडलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ ।
घरेलु मैदान बाहिर खेलिएका दुई खेलबाट ४ अंक बटुलेको रियललाई आफ्नो घरेलु मैदानमा खेलिएको सिजनको पहिलो खेलमा लय पक्रन केही समय लागेको थियो ।
भालाडोलिडको गोलकिपर रोबर्टोले फेडेरिको भालभर्डे र लुका योभिचको प्रहारलाई बचाउँदै पाहुना टोलीलाई खेलमा जीवित राखेका थिए । तर, दोस्रो हाफको मध्यतिर भिनिसयसले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए ।
योसँगै रियल गेटाफे, भिल्लेरियाल र भ्यालेन्सियासँगै ७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
अन्य खेलमा एथ्लेटिको म्याड्रिड हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ भने भिल्लेरियालले आलाभेसलाई ३–१ गोलअन्तरले हरायो । इल्चेले इबारलाई १–० गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो