बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिहिबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

बिहीबार, १५ असोज २०७७, ०६ : १५
बिहीबार, १५ असोज २०७७

वि.सं.२०७७ साल असोज १५ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा,४८ घडी ४५ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तरभाद्रपदा,अहोरात्र । योग–बृद्धि,३९ घडी ३७ पला,बेलुकी ०९ बजेर ४८ मिनेट उप्रान्त धुव्र । करण– भद्रा,मध्यान्ह १२ बजेर ३४ मिनेट उप्रान्त बव,रातको ०१ बजेर २७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान ३० घडी ३८ पला । अन्तर्राष्ट्रिय वृद्ध दिवस । पञ्चक। पूर्णिमा व्रत। अनला पुन्ही। 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । तरपनि लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तरल पदार्थ तथा पानिसँग सम्वन्धीत व्यापारमा लगानी गरी आम्दानी वढाउन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ  लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट रुपैया पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउदै थप लगानी गरी विलाशी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । बिद्यार्थी हरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा ध्यान जानेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरी समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्ती हरुलाई बसमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तरपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप