शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत-बंगलादेश द्विपक्षीय बैठक लाभदायकः बंगलादेशका विदेशमन्त्री

बुधबार, १४ असोज २०७७, २२ : ४१
बुधबार, १४ असोज २०७७

एजेन्सी । बंगलादेश र भारतबीचको द्विपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्विपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् ।

बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटी (जेसिसि) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशका बीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताए ।  यस बैठक बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । सो बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्विपक्षीय विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताए । 

उनले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्दाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिए । यस जेसीसी बैठक बंगलादेश र भारतका बीचमा हरेक वर्ष हुने गर्दछ ।

–एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप