पाकिस्तानमा भएको विस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते
बुधबार, १४ असोज २०७७, २२ : १८

एजेन्सी । पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको एक शक्तिशाली विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् ।
मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त विस्फोट कसले र किन गरेको हो भन्ने बारेमा केही पत्ता लागेको छैन । प्रहरीले यस विस्फोटका बारेमा खोजी गरिरहेको बताइएको छ । यस विस्फोटमा उक्त क्षेत्रका कतिपय भौतिक संरचामा पनि क्षति पुगेको बताइएको छ ।
प्रहरीले सो विस्फोटमा परी चार जनाको ज्यान गएको र अरु १२ जना घाइते भएका जानकारी दिएको छ । विस्फोटको कारणबारे अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । –एएनआई