केन्द्रीय संस्करण

प्रदेश सरकार देखिने गरी काम गरेको छ : मुख्यमन्त्री पोखरेल

person explore access_timeअसोज १४, २०७७ chat_bubble_outline0

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुअल बैठक गर्दे प्रदेश सरकारले देखीने गरी काम गरेको बताएका छन् ।

उनले प्रदेश सरकारका कामहरु जनताले अनुभुति गर्ने आगडि बढेकोले  दाबी  प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारहरुसँगको सहकार्य बढाउने उद्देश्यले आयोजित भर्चुअल बैठकमा विभिन्न १२ साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकमा गरेका थिए।

मुख्यमन्त्रीले प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनकारी दिए ।

उनले प्रदेशको आवधिक योजनाअनुसार विकासलाई गति दिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ पु¥याउने कार्य चुनौतीपूर्ण रहेको र त्यो पूरा गर्न र विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका बढ्ने विश्वास व्यक्त गरेका छन्।

स्थापनाको छोटो समयमै प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको बताउँदै मुख्यमन्त्रीले सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायिकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताएका थिए।

बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम, संभावना र अवसरका बारेमा प्रस्तुती गरेका थिए। केसीका अनुसार बैठकमा सहभागी विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमुलक साझेदारी गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकी आवासीय प्रतिनिधि आएशानीई लबे लगायत सहभागी रहेको जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.