शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पिसिआरको बढी शुल्क लिने ८ प्रयोगशालालाई कारवाही गर्ने सरकारको चेतावनी

बुधबार, १४ असोज २०७७, १९ : २३
बुधबार, १४ असोज २०७७

पिसिआर परीक्षण शुल्क मनोमानी रुपमा असुल्दै आएका राजधानीका ८ वटा प्रयोगशालालाई २४ घण्टाभित्र घटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारले तोकेको शुल्कमा पिसिआर परीक्षण गर्न नसक्ने भन्दै उपत्यकाका आठ वटा निजी प्रयोगशालाले तीन हजार ८ सय ९९ रुपैयाँ शुल्क तोकेका थिए ।

तोकेको दुई हजार रुपैयाभन्दा बढी शुल्क पीसीआर गर्दा लिएको पाइएमा सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेभन्दा बढी शुल्क लिने ह्याम्स अस्पताल प्रयोगशाला, स्टार अस्पताल प्रयोगशाला, बि एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला रहेका छन् । 

यस्तै डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टर रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप