मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ब्राउनसुगरसहित २ जना पक्राउ

बुधबार, १४ असोज २०७७, १८ : ५६
बुधबार, १४ असोज २०७७

काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ व्यक्ति पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिकास्थित सैनिक मोडबाट कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही स्थान बस्ने ३९ वर्षीय नरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरिएको समेत प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी बुधबार म्याद थपसहित अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप