शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

बुधबार, १४ असोज २०७७, १७ : २८
बुधबार, १४ असोज २०७७

चन्द्रपुर । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

सानिमा बैंकको चन्द्रपुर शाखा असोज १४ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे ।  
जारी कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप