केन्द्रीय संस्करण

बाजुरामा नागरिकता बनाउनेको भीड

person explore access_timeअसोज १४, २०७७ chat_bubble_outline0

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ ।  कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले दैनिक ७० देखि ९० जनाले कार्यालयबाट नागरिकता बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।

नागरिकता बनाउन कानूनी प्रावधान पुगेका १६ वर्षभन्दा माथिका बालबालिका र अन्य सेवाग्राहीले नागरिकता बनाउन आउन थालेपछि भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । नेपाली नागरिकता लिनका लागि १६ वर्ष अनिवार्य पुगेको हुनुपर्ने कानूनी प्रावधान रहेको छ ।

नागरिकता बनाउन आएका सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी नागरिकता दिने गरेको सहायक प्रजिअ भण्डारीले बताए। नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ । 

नागरिकता लिन आएका सेवाग्राहीलाई नागरिकतामा हस्ताक्षर मात्र नभई उनीहरुलाई सामाजिक सचेतनासम्बन्धी जानकारी दिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । नागरिकताका बनाउन आएकाहरु राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न सहज भएको छ । नागरिकता बनाइ सकेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिक रुपमा २० देखि ३० सम्म मात्र हुने गरेको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन २० भन्दा माथि सङ्कलन गर्न सकिने गरेको परिचयपत्र विवरण सङ्कलक जयबहादुर ऐडीले बताए । 

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयंव्यक्तिको विद्यालयको प्रमाण नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति आमाबुबाको नामसमेत फरक हुने गरेकाले  उनीहरु दुःख पाउने गरेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.