बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता अभिताभ बच्चनले गरे अंगदानको संकल्प

बुधबार, १४ असोज २०७७, १६ : १९
बुधबार, १४ असोज २०७७

एजेन्सी । बलिउड अभिनेता अभिताभ बच्चनले आफ्ना अंगदान गरेका छन् । ७७ वर्षीय बच्चनले मंगलबार राती ट्वीटरमार्फत अंगदान गर्ने संकल्प लिएका हुन् । ट्वीटरमा उनले आफ्नो एक तस्बिर शेयर गरेका छन्, जसमा हरियो रङको रिबन लगाइएको छ । जुन रिबन अंगदानको संकल्पको प्रतिक हो । 

बच्चनले ट्वीटरमा लेखेका छन्ः ‘मैले अंगदान गर्ने प्रतिज्ञा गरेको छु, त्यसैले यसको शुद्धताका लागि हरियो रिबन पनि लगाएको छु ।’ सामाजिक सञ्जालमा उनको यो निर्णयको चौतर्फी रुपमा प्रशंसा गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप