विदेशी नियोगहरुमा आक्रमण भइरहे बन्द गर्नुको विकल्प छैनः इराकी प्रधानमन्त्री
![विदेशी नियोगहरुमा आक्रमण भइरहे बन्द गर्नुको विकल्प छैनः इराकी प्रधानमन्त्री](https://rpcdn.ratopati.com/media/albums/iraq-pm_xmvp50B4GV.jpg)
बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन् । उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिएका थिए । यस आक्रमणमा बालबालिका समेत कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरु बन्द गर्नु पर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए । उनले संयुक्तराज्य अमेरिका र युरोपेली युनियनका दूतावासहरु बन्द गर्ने बारेमा छलफल भइरहेको पनि बताएका छन् ।
प्रधानमन्त्री कादिमीले क्षेत्रीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित नहुने हो भने उनीहरु इराकमा पनि रहन मुश्किल रहेको उनले बताए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित
-
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली
-
...त्यसपछि मुकुलले मुखमा कालो टेप टाँसे
-
हाथरस पुगे मुख्यमन्त्री योगी, भागदौडका घाइतेसँग भेटघाट
-
‘हाम्रो राजनीतिमा वामपन्थी र गैरवामपन्थी ध्रुवीकरण भएकै छैन’
-
काठ तस्करको जालो : रित्तो बाल्टीले कसरी न्याय पाउला ?