रेल्वे कम्पनीद्वारा १ सय २९ कर्मचारी माग, आवेदन पर्यो ३२ हजार
काठमाडौं । नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् ।
नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।
जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । उनले नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने दावी पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान
-
अण्डा कसले खानु हुँदैन?