शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी संकेतबाट बुझ्नुस् युवती तपाईंमा आकर्षित छिन्

बुधबार, १४ असोज २०७७, १४ : २४
बुधबार, १४ असोज २०७७

जब कुनै युवकले कुनै युवतीलाई मन पराउँछन्, तब उसले तपाईंलाई इम्प्रेस गर्न कोसिस गर्छन् र त्यस्ता केही संकेत दिन्छन्, जसमार्फत कुरा युवतीको मनसम्म पुग्न सकोस् । यस हर्कतलाई तपाई उनीहरुको फ्लर्टिङ क्षमता पनि भन्न सक्नुहुन्छ । तर, यस्तो होइन कि जिस्क्याउन केवल युवकलाई आउँछ । यस मामिलामा युवतीहरु पनि कम छैनन् । 

युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् । उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् । 
खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत अवश्य छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ । 

नजिक आउनु 
यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।

कपाल मिलाउनु 
यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पु¥याउँछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ । उनी तपाईसँग कुराकानी गर्न आतुर छिन् । 

सम्झनुस् आँखाको भाषा 
जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् । 

लुक्दैन मुस्कान 
जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन । हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ । 

कपडा मिलाउनु 
यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने संझनुस् उनले तपाईलाई मन पराउँछिन् । 

कुराले रिझाउने 
जो महिला केटासँग जिस्कने काममा पोख्त हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् । जसकारण, युवक पनि आकर्षित होस् । 

स्पर्शको महसुस 
यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप