शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दार्चुलामा बाटो बनाउन एनआरएनए कंगोको सहयोग

बुधबार, १४ असोज २०७७, १३ : ३७
बुधबार, १४ असोज २०७७

दार्चुलामा वर्षाको बाढीले बगाएको बाटो निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोले सहयोग गरेको छ । 
 महाकाली नगरपालिका–१ स्थित लाकुखोलामा गत गत साउन ४ गते आएको बाढीले ककडीदेखि पिपलचौतारासम्मको बाटो बगाएर क्षतिग्रस्त भएपछि एनआरएनए कंगोले अमेरिकी डलर एक हजार ३०५  (करिब १ लाख ५३ हजार रुपैयाँ) सहयोग गरेको हो। 

 बाढीले बगाएर स्थानीयलाई आवजजावतमा समस्या भएकाले उक्त बाटो मर्मतका लागि एनआरएनए कंगोले सहयोग गरेको अध्यक्ष ढक बहादुर क्षेत्रीले जानकारी दिए । उनले कोरोना महामारीकै बीच आइलागेको यस प्राकृतिक विपत्तिको घडीमा राहत संकलनमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप