बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि

टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देवी माँको अवतार बताउने सुखविंदर कौर, जो राधे मांको नामले परिचित छिन्, यसबारे बिग बसको घरमा लक हुँदैछिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सुखविंदर कौरलाई पछिल्लो थुप्रै वर्षदेखि कार्यक्रममा आउनका लागि प्रस्ताव गरिँदै थियो तर कुरा बन्न सकेको थिएन । तर यो संस्करणमा उनलाई कार्यक्रममा ल्याउन निर्माताहरु सफल भएका छन् । आफूलाई देवी माँको अवतार बताउँदा पनि राधे माँ विवादित जीवनशैलीका कारण चर्चामा छाइरहन्छिन् । हालै कलर्स च्यानलले राधे माँको पहिलो झलक देखाएको छ, जसमा उनी घरमा प्रवेश गरिरहेको देखिएकी छिन् । भिडियोमा राधे मांले कार्यक्रमलाई आशिर्वाद दिँदै भनेकी छिन्, ‘यो घर यस्तै बनिरहोस्, बिग बस यस पटक असाध्यै चलोस् ।’
Barsegi kiski kripa iss shanivaar #BiggBoss ke ghar mein? #BB14 Grand Premiere, 3rd Oct, Saturday at 9 PM.
— COLORS (@ColorsTV) September 29, 2020
Streaming partner @VootSelect. #BiggBoss2020 @BeingSalmanKhan @PlayMPL #DaburDantRakshak @TRESemmeIndia @LotusHerbals pic.twitter.com/fmpjm4dvh9
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड