शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा थपिए ३२ संक्रमित, मृत्यु हुनेको संख्या १६ पुग्यो

बुधबार, १४ असोज २०७७, ०९ : ०३
बुधबार, १४ असोज २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका– १ बस्ने ६३ वर्षीया महिलाको मृत्यु भएसँगै प्रदेशमा मृत्युको संख्या १६ पुगेको हो ।

गत असोज ७ गते उनलाई अस्पताल भर्ना गरिएकोमा असोज १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि नै अछाममा  २,  बैतडीमा १, बझाङ्गमा २, बाजुरामा २ र डडेल्धुरामा १ र कैलालीमा ७ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २४ पुगेको छ । कैलालीका २२, कञ्चनपुरका ५ , डोटीका १, बैतडीका ३ र डडेल्धुराकाका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

सकृय संक्रमितमा अछाममा ९७, बैतडीमा ८४, बझाङ्गमा ११७, डडेल्धुरामा १२, दार्चुलामा ३०, डोटीमा १३६, कैलालीमा ५०१ र कंचनपुरमा ४७ जना रहेको कार्कीले बताए ।

यता, प्रदेशमा निको हुने संक्रमित संख्या ६ हजार ११० पुगेको छ । विभिन्न अस्पताल बाट मंगलबार ९ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ११० पुगेको उनले बताए । त्यसै गरी बिभिन्न अस्पतालहरुमा ७९ कोरोना संक्रमितको उपचार भईरहेको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ३३, महाकालीमा १७, अछाममा १०, डोटीमा २, र डडेल्धुरा अस्पतालमा २ जनाको उपचार भईरहेको छ ।  शंकास्पद १४ जना आइसोलेसनमा छन् ।

हालसम्म ८३ हजार २९७ नमुना जाँच गर्दा ७ हजार १५० जनामा संक्रमण फेला परेको छ भने  ७६ हजार १४७ नमुनामा भने नेगेटिभ आएको छ । अझै १ हजार ३० जनाको नमुनाको रिजल्ट आउन बाँकी रहेको कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप