शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलको मिडफिल्डर थियागोलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

बुधबार, १४ असोज २०७७, ०८ : ५४
बुधबार, १४ असोज २०७७

लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टारालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेका छन् । २९ वर्षीय खेलाडी हालै मात्र जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् ।

चेल्सीविरुद्ध २–० को जीत निकाल्ने क्रममा डेब्यू गरेका थियागो लिनकनविरुद्ध ईएफएल कप र आर्सनलविरुद्धको खेलमा उपलब्ध थिएनन् ।

लिभरपुलका अनुसार थियागोमा भाइरसको हल्का लक्षणहरु देखिएको तर उनको स्वास्थ्य अवस्था राम्रो र सुधार उन्मुख रहेको छ । क्लबले कोभिड–१९ सम्बन्धि प्राटोकल अनुसार उनी केही समय आइसोलेशनमा रहनेछन् ।

सोमबार मात्र प्रिमियर लिगले पछिल्लो चरणको परीक्षणपछि १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको थियो । सिजन सुरु भएका यता एकैपटक यति धेरै जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप