मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सीलाई पेनाल्टीमा हराउँदै स्पर्स क्वार्टरफाइनलमा

बुधबार, १४ असोज २०७७, ०८ : ४१
बुधबार, १४ असोज २०७७

मेसन माउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्यामले चेल्सीलाई पेनाल्टीमा हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा टोटनह्याम ५–४ गोलअन्तरले विजयी भएको हो ।

लगातार ९ वटा पेनाल्टी गोलमा परिणत भएपछि माउन्ट १० औँ पेनाल्टी हिर्काउन पुगेका थिए । तर, इंग्ल्याण्डका मिडफिल्डरको प्रयास विफल भएको थियो ।

यसअघि, खेलको पहिलो हाफमा चेल्सीले नियन्त्रण राख्दै टिमो वेर्नरको गोलको मद्दतले अग्रता लिएको थियो । चेल्सीका लागि उनको यो पहिलो गोल हो ।

दोस्रो हाफमा भने टोटनह्यामले सुधारिएको प्रदर्शन गर्यो । अन्ततः खेल सकिन ७ मिनेट बाँकी छँदा सर्जियो रेगुलियनको पासमा गोल गर्दै एरिक लामेलाले खेल बराबरी गरे ।

अतिरिक्त समय नखेलाइ खेल सिधै पेनाल्टीमा पुगेको थियो । जसमा माउन्टले पेनाल्टी मिस गर्दा टोटनह्याम विजयी बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप