शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका

बुधबार, १४ असोज २०७७, ०८ : ४०
बुधबार, १४ असोज २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ ।

मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् ।

२६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो चुने । यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे ।

प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ ।

प्रहरी अधिकारीका अनुसार अक्षत आफ्नी एक महिना साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दथे । अक्षतकी साथीका अनुसार आइतबार बेलुकासम्म उनको व्यवहार सामान्य थियो । उनीहरुबीच सामान्य कुराकानी नै भयो र सुत्नु अघि सँगै खाना पनि खाए ।

हिन्दुस्तान टाइम्सको रिपोर्टमा अम्बोली प्रहरी स्टेशनका सिनियर इन्सपेक्टर सोमेश्वर कांथेलाई उद्धृत गर्दै एक्सिडेन्टल मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत भेटिएको छैन । घटना आइतबार राती १० देखि साढे ११ बीचको हो । साथीसँगको सोधपुछमा उनी लकडाउनका कारण काम नभएका कारण तनावमा भएको र उनले साथी र परिवारसँग उधारो मागेर दैनिकी गुजारिरहेको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । 

यद्यपि, परिवारले यसमा प्रहरीको लापरवाहीको आरोप लगाउँदै हत्याको आशंका जाहिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप