बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी

बुधबार, १४ असोज २०७७, ०७ : २७
बुधबार, १४ असोज २०७७

मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट २०२० सम्म १ हजार करोड भारु र त्योभन्दा बढि सम्पत्ति भएका भारतका सबैभन्दा धनी व्यक्तिलाई यो सूचीमा राख्ने गरिन्छ ।

नवौं वर्ष लगातार पहिलो स्थानमा अम्बानीः

यो सूचीमा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार नवौं स्थानमा शीर्ष स्थानमा छन् । रिपोर्टका अनुसार मुकेश अम्बानीको कूल आय ६,५८,४०० करोड भारु छ । पछिल्लो १२ महिनामा उनको कूल सम्पत्तिमा ७३ प्रतिशतको वृद्धि भएको छ । सन् २०२० को एडिशनमा ८२८ भारतीय समावेश छन् ।

रिपोर्टका अनुसार ६३ वर्षका अम्बानीले लकडाउनका बेला अर्थात् मार्चदेखि अगस्टबीच हरेक घण्टा ९० करोड भारुको हिसाबले कमाई गरेका छन् । हालको समयमा अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति र संसारभरीका चौथो धनाढ्य बनेका छन् ।

अम्बानीपछि हिन्दुजा ब्रदर्स दोस्रो स्थानमाः

लण्डन स्थित हिन्दुजा दाजुभाइ (एसपी हिन्दुजा, आफ्ना ती भाइसँग)  १,४३,७०० करोड भारुको सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । सूचीको तेस्रो स्थानमा १,४१,७०० करोडको सम्पत्तिसहित एचसीएलका संस्थापक शिव नाडर हुन् । त्यसपछि चौथो स्थानमा गौतम अडानी परिवार र पाँचौं स्थानमा अजम प्रेमजी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप