केन्द्रीय संस्करण
कारोनाभाइरस

फेरि हर्ड इम्युनिटीको बहस : घातक बन्न सक्छ स्वीडेनको मोडलमाथिको जुवा !

person explore access_timeअसोज १४, २०७७ chat_bubble_outline0

एन्जिला देवान/सीएनएन इन्टरनेशनल 

गत हप्ता एक विज्ञले स्वीडेनमा आधारभूत रुपमा महामारी समाप्त भइसकेको दाबी गरे, उनका अनुसार त्यहाँ भाइरसले ताकत गुमाइसकेको थियो । अनुसन्धानकर्ताहरुले स्वीडिसहरुमा प्रतिरोधी क्षमता विकास भइरहेको हुनसक्ने अनुमान गरेका छन् । आफ्नो अर्थतन्त्रमा परेको धक्कालाई कम गर्ने आशासहित स्वीडेनको ‘लाईट टच’ नीति अख्तियार गरेका विभिन्न देशका सरकारलाई यस्ता टिप्प्णीले उत्साहित बनाउँछ ।

कोपेनहेगनस्थित नाइल्स ब्रोह इन्स्टिच्युटका किम स्पेप्पनले आफ्नो यस्तो टिप्पणी सार्वजनिक गर्दा आशावादी हुनुपर्ने केही कारणहरु थिए । युरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु हुनका बाबजुद हप्तौँदेखि स्वीडेनमा संक्रमण र मृत्युदर घटिरहेको थियो । गत वसन्त ऋतुमा मृत्युदर उच्च रहेको देशका लागि यो एउटा महत्त्वपूर्ण मोडजस्तो देखियो । समस्या, स्वीडेनमा प्रतिरोधी क्षमता विकास भइरहेको छ वा छैन भन्ने वैज्ञानिक आधार भेटिएको छैन, लकडाउनको विपक्षमा उभिएर यस देशले आफ्नो ठूलो जनसंख्यामा भाइरस फैलन दिएको थियो ।

यता, बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले इङल्यान्डमा गत साता कडाइको नियम फेरबदल भएको घोषणा गरे, यसले बेलायत सरकारको कोभीड–१९ प्रतिक्रियामा स्वीडेनकै शैलीको झल्को देखायो । विज्ञहरुले यस्तो गर्नु खतरनाक हुनसक्ने चेतावनी दुबै देशमा दिइरहेका छन् । बेलायतमा दैनिक संक्रमितको संख्या उच्च रुपले बढ्दैछ, तर जोनसोनले पहिलेभन्दा हल्का कडाइ मात्रै गरे, भाइरस संक्रमण रोक्नका लागि व्यक्तिगत जिम्मेवारीमा बढी जोड दिए, जस्तो स्वीडेनका अधिकारीहरुले गरेका छन् ।

यस नियममा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको राति १० बजेको समय हो । यतिबेला रेस्टुरेन्ट, बार र पब्समा कफ्र्यु लाग्नेछ, अर्थात् उनीहरुले साबिकमा जुन समय व्यवसाय बन्द गथ्र्यें, त्योभन्दा केवल १ घण्टाअघिमात्रै बन्द गर्ने हो । अब केवल टेबुल सर्भिसमात्रै उपलब्ध छ, मानिसहरु बारमा खाना र पेय पदार्थ खरिद गर्न लाइन नलागुन् भनेर यस्तो गरिएको होे, जस्तो स्वीडेनमा गरिएको थियो ।

स्वीडेनमा विजय घोषणा गर्नु निकै हतारो हुनेछ र त्यहाँका अधिकारीहरुले पनि महामारीबाट सुरक्षित भइनसकेको स्पष्ट पारेका छन् । प्राणघातक वसन्त र शरद्पछि स्वीडेनको अवस्था नियन्त्रणमा आएजस्तो देखिन्छ, युरोपेली युनियनको तथ्याङअनुसार यहाँ अहिले संक्रमणदर प्रति १ लाखमा ३८ छ । बेलायतमा यो दर ८७ र स्पेनमा ३ सय २० छ ।  तर, स्वीडेनमा गत हप्ता फेरि संक्रमित संख्या बढेको छ ।

जतिबेला अधिकांश पश्चिमा विश्व गत वसन्तभर लकडाउनमा थियो, स्वीडेनको प्रतिक्रिया फरक रह्यो । उसले केवल आफ्ना नागरिकलाई सामाजिक दूरी र व्यक्तिगत सरसफाइमा ध्यान दिन सल्लाह दियो । स्वीडेनमा प्रायः जनस्वास्थमा राजनीति मिसिदैन, र यहाँ प्रायः मानिसको स्वास्थ रक्षार्थ उनीहरुको व्यवहार प्रभावित गर्न कानूनको प्रयोग हुँदैन । त्यसैले उसले आफ्ना बार र रेस्टुरेन्ट तथा १६ वर्षमुनिका बालबालिकाका लागि विद्यालयसमेत खुला राख्यो, जबकी अन्य देशमा यो बन्द थियो । झन्डै १ करोड जनसंख्या रहेको स्वीडेनमा ५ हजार ८ सयभन्दा धेरैले ज्यान गुमाए ।  यसमध्ये आधाभन्दा धेरै मृत्यु स्वीडेनका केयर होम्समा भयो, मर्नेमा अधिकांश बृद्धबृद्धा थिए ।

बेलायतका विदेश सचिव डोमिनिक राबले सरकारको नयाँ मापदण्डलाई स्वीडेनसँग तुलना गर्नु गलत हुने बताएका छन् । यद्यपी, प्रधानमन्त्री कार्यालयका (डाउनिङ स्ट्रिट) एक प्रवक्ताले प्रधानमन्त्रीले नयाँ नियम घोषणा गर्नुभन्दा ठीक दुई दिनअघि महामारी नियन्त्रणका स्वीडिस योजनाकार आद्रियस तेगनिलसँग सल्लाह लिएको पुष्टि गरेका छन् ।

फेरि हर्ड इम्युनिटीको बहस

स्वीडेनमा विजय घोषणा गर्नु निकै हतारो हुनेछ र त्यहाँका अधिकारीहरुले पनि महामारीबाट सुरक्षित भइनसकेको स्पष्ट पारेका छन् । प्राणघातक वसन्त र शरद्पछि स्वीडेनको अवस्था नियन्त्रणमा आएजस्तो देखिन्छ, युरोपेली युनियनको तथ्याङअनुसार यहाँ अहिले संक्रमणदर प्रति १ लाखमा ३८ छ । बेलायतमा यो दर ८७ र स्पेनमा ३ सय २० छ ।  तर, स्वीडेनमा गत हप्ता फेरि संक्रमित संख्या बढेको छ ।

अब सार्वजनिक स्थलमा मास्क लगाउनुपर्ने कडा नियम लागु गर्नुपर्छ भनेर तेगनिलले तर्क गरेका छन्, यसअघि उनी महिनौँसम्म कडाइको विपक्षमा थिए ।  अघिल्लो साता बिहीबार स्वीडिस प्रधानमन्त्री स्टेफान लोफभेनले संक्रमित संख्या बढ्नु चिन्ताको विषय रहेको बताए ।

यद्यपी, स्वीडेनको जनस्वास्थ एजेन्सीले आफ्नो देशको नीति उल्टो थियो भनेर अस्विकार ग-यो, एजेन्सीका अनुसार केही सीमित अवस्थामा कडाइ गर्न र मास्कको प्रयोगका लागि सल्लाह दिन उसले सबै तयारी गरेको थियो । तर, स्वीडेनमा विकसित घटनाक्रमले हर्ड इम्युनिटीको बहस फेरि ब्युत्याँएको छ । यस्तो योजना जसअन्तर्गत धेरै मानिस भाइरससँग प्रतिरोधी भएमा यो भाइरस सहज रुपमा फैलने छैन र अन्ततः हराउनेछ । वैज्ञानिकहरुका अनुसार यस  उपायले धेरै भाइरसहरुसँग जुध्न सकिन्छ । तर, यसका लागि ६० देखि ७० प्रतिशत कुल जनसंख्यामा प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ,  प्रायः यस्तो अवस्था खोपबाट मात्र हासिल हुन्छ ।

ह्वाइटहाउस कोरोना भाइरस टास्कफोर्सका सदस्य डाक्टर स्कट एट्लासले स्वीडेनको मोडल अमेरिकामा अख्तियार गर्ने पक्षमा आफुले वकालत गरेको अस्वीकार गरेका छन्, उनले आफु हर्ड इम्युनिटी दृष्टीकोणको पक्षधर रहेको विषय पनि खारेज गरेका छन् ।

स्वीडेनको कारोलिन्क्सा इन्स्टिच्युटले गरेको अध्ययनका दौरान स्वस्थ व्यक्तिको रगतको नमुनामा टी–सेल रियाक्सनको स्तर अपेक्षाभन्दा बढी भेटिएको थियो । उनीहरुले हल्का र लक्षणविहीन कोभिड–१९ संक्रमित तथा स्वस्थ रक्तदातालाई कन्ट्रोल ग्रुपका रुपमा परीक्षण गरेका थिए । अनौठो कुरा, ३० प्रतिशत स्वस्थ रक्तादातामा पनि टी–सेल रियाक्सन भेटियो, उनीहरु कोभिड–१९ संक्रमित भएको कुनै इतिहास थिएन ।

तर, ह्वाइटहाउसकै एक अधिकारीका अनुसार एटलासले अघि सारेका सबै नीतिहरुको अन्तर्यमा हर्ड इम्युनिटी रणनीति छ । तर, अनुसन्धानले देखाएअनुसार स्कटहोल्मजस्ता अति प्रभावित शहरमा पनि केवल १५ प्रतिशत नागरिकमा मात्रै कोभिड–१९ एन्टिबडिज पोजेटिभ देखिएको छ । अमेरिकामा १० प्रतिशतभन्दा कम व्यक्तिमात्रै एन्टीबडी पोजेटिभ देखिएका छन्, जो हर्ड इम्युनिटीका लागि अपर्याप्त हो । यस्ता एन्डिबडिजले सुरक्षा कति दिन्छन् वा कति समयसम्म सुरक्षा दिन्छन् भन्ने विषय पनि अज्ञात नै छ ।

महामारीमा इम्युनिटीको ज्यादातर बहस एन्डिबडीमा केन्द्रीत रह्यो, तर अनुसन्धानकर्ताहरुले टि सेल्सबारे पनि अध्ययन गरिसकेका छन्, जसले संक्रमणपछि भाइरससँग लड्नसक्छ र इम्युनिटी विकासका लागि पनि भूमिका खेल्छ ।

स्वीडेनको कारोलिन्क्सा इन्स्टिच्युटले गरेको अध्ययनका दौरान स्वस्थ व्यक्तिको रगतको नमुनामा टी–सेल रियाक्सनको स्तर अपेक्षाभन्दा बढी भेटिएको थियो । उनीहरुले हल्का र लक्षणविहीन कोभिड–१९ संक्रमित तथा स्वस्थ रक्तदातालाई कन्ट्रोल ग्रुपका रुपमा परीक्षण गरेका थिए । अनौठो कुरा, ३० प्रतिशत स्वस्थ रक्तादातामा पनि टी–सेल रियाक्सन भेटियो, उनीहरु कोभिड–१९ संक्रमित भएको कुनै इतिहास थिएन ।

स्टोकहोल्ममा कोभिड १९ एन्टिबडिज पोजेटिभ परीक्षण भएका व्यक्तिको दाँजोमा यो दोब्बर दर हो । यस नतिजाको अर्थ अपेक्षा गरिएभन्दा धेरै जनसंख्यामा धेरै प्रतिरोधी क्षमता छ भन्ने अनुसन्धानकर्ताहरुको आशा छ ।

कारोलिन्क्सा इन्स्टिच्युटकै इम्युनोलोजिस्ट सिसिलिया सोदरवर्ग नाउक्लेर (जो अध्ययन टोलीमा भने समावेश थिइनन् ) टेस्ट ट्युबमा देखिएको अवस्था वास्तविक जीवनमा पनि लागु भइरहेको छ भनेर प्रमाणित गर्न सकिने कुनै आधार नरहेको चेतावनी दिन्छिन् । अर्को शब्दमा, तपाईंको रगतमा टि सेल्स रियाक्सन हुनुको अर्थ त्यसले कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिलाई सहयोग गर्छ भन्ने कुनै सुनिश्चितता छैन ।

नाउक्लेर भन्छिन्, ‘यदी टि सेल्सले भाइरससँग लड्छ भनेपनि  विभिन्न सरकारहरुले हर्ड इम्युनिटी बनाउने प्रयासका लागि कोभिड–१९ लाई सर्वसानधारणमा फैलने अनुमति दिन हुँदैन ।’

यसका दुई कारण छन् । पहिलो, टी सेल्सले टेस्ट ट्युबमा भाइरसविरद्ध प्रतिक्रिया देखाइरहनुको कारण विगतका कोभिड–१९ संक्रमिछ हुन् भन्ने नै स्पष्ट छैन । सन् २०१८ को अध्ययनतर्फ उनले संकेत गरेकी छिन्, त्यस अध्ययनले ४० देखि ६० प्रतिशतमा टिसेल्स रियाक्सन भएको देखाउँछ । यसले केही अरु नै, सायद पुराना संक्रमण वा उस्तै भाइरसहरुले यो रियाक्सन देखाइरहेका छन्, सायद प्रतिरोधी क्षमताले पनि केही काम गरेको हुनसक्छ भन्ने देखाउँछ । 

‘भाइरस आउनुभन्दा अघि नै जनसंख्यामा केही कुरा थियो भन्ने संकेतहरु देखिएका छन् र प्रश्न चाहिँ के यसले हामीलाई सहयोग गर्छ भन्ने हो ?,’ उनले भनिन् ।

जबसम्म स्वीडेनमा इम्युनिटी विकास भइरहेको छ भन्ने ठोस प्रमाण भेटिदैन, त्यतिबेलासम्म त्यहाँको घट्दो संक्रमण दरबारे थाहा पाउन असम्भव छ । त्यस्ता सामाजिक कारणहरु हुनसक्छन्, जसले संक्रमण रोकथाममा भूमिका खेलेको होस् ।

उनका अनुसार टि सेल्सहरु तालिमप्राप्त सैनिकजस्तो थिए, जो विगतमा चुनौती सामना गर्न आएका थिए र जब त्यस्तै चुनौती आउँछ, तब फेरि ‘बोलाइन्छन्’ ।

‘टेस्ट ट्युबमा यही भइरहेको छ, तपाईले रेस्पोन्सलाई फेरि आमन्त्रण गर्नुहुन्छ र सार्स कोभ २ विरुद्ध प्रतिक्रिया देखिन्छ । तर यदी उनीहरु भाइरस अस्तित्वमा आउनुअघि नै यस्तो गर्न अभ्यस्त भइसकेका थिए भने पक्कै पनि अन्य केही कुराबाट उनीहरु अभ्यस्त भएका थिए । त्यसैकारण हामीसँग क्रस इम्युनिटी हुनुपर्छ भन्ने विषय  बहसमा छ । यद्यपी, यसले हामीलाई सुरक्षा गर्छ ? यसबारे हामीसँग कुनै जानकारी नै छैन ।’

नाउक्लेरका अनुसार भाइरसलाई जनसंख्यामा खुकुलो गरिदिँदा कमजोरहरुलाई बचाउन सकिएपनि  दीर्घकालिन स्वास्थ समस्या देखिनसक्छ, कायम रहनसक्छ । ‘हामीलाई थाहा छ कम्तिमा १० प्रतिशत संक्रमितहरु दीर्घरोगी भइरहेका छन् र संक्रमित भएको ५ देखि ६ महिनासम्म पनि उनीहरु ओछ्यानमै छन् । उनीहरु काममा जान सक्दैनन्, उनीहरु स्कुल जान सक्दैंनन्,’ नाउक्लेरले भनिन् । 

अपरिभाषित कारण

जबसम्म स्वीडेनमा इम्युनिटी विकास भइरहेको छ भन्ने ठोस प्रमाण भेटिदैन, त्यतिबेलासम्म त्यहाँको घट्दो संक्रमण दरबारे थाहा पाउन असम्भव छ । त्यस्ता सामाजिक कारणहरु हुनसक्छन्, जसले संक्रमण रोकथाममा भूमिका खेलेको होस् ।

५० प्रतिशतभन्दा धेरै स्वीडिसहरु एक्लै बस्छन्, युरोपका अन्य कुनै पनि देशको दाँजोमा यो धेरै हो । धेरै अध्ययनहरुले घरभित्रै मानिसहरुबीच संक्रमण फैलिरहेको देखाएका बेला रोकथाममा यसले भूमिका खेलेको हुनसक्छ ।

स्वीडेन जसरी नै कडाइ खुकुलो गर्दा बेलायतमा बढी जोखिम हुने सेग समुहको तर्क छ । स्वीडेनको तुलनामा बेलायतमा आर्थिक दबाब बढी छ । यहाँका नागरिकहरुले हाउजिङमा धेरै खर्च गर्छन् अनि बेरोजगारले पाउने सेवा–सुविधा कम छ । यस्तो, अवस्थाले जोखिम मोल्नसक्ने मानिसको व्यवहार प्रभावित गर्नसक्छ ।

अर्को कुरा अमेरिका र बेलायतका शहरको दाँजोमा स्वीडेनका शहरमा जनसंख्या कम छ, यसका बाबजुद जनघनत्वले कोभिड–१९ को फैलावटमा कस्तो भूमिका खेल्छ भन्ने विषय स्पष्ट छैन ।

स्वीडेनमा यदी तपाईंलाई हल्का लक्षण देखियो भनेपनि एक सातासम्म सेल्फ–आइशोलेट गर्न सुझाव दिइन्छ । तपाई बैंकर हुनुहोस्, शिक्षक वा बस ड्राइभर, स्वीडेनको बलियो सामाजिक सुरक्षा नीतिको अर्थ यस अवधिमा या तपाईंको मालिकले पूर्ण तलब वा राज्यले कुनै फाइदा दिन्छ । फरक प्रणाली र सांस्कृतिक अभ्यास भएको बेलायतमा स्वीडेनकै मोडल अनुसरण गर्नु खतरनाक हुने चेतावनी विज्ञहरुले दिएका छन् । ‘हामीले स्वीडेनको अनुसरण गर्नुपर्ने त्यस्तो उदाहरण पाएका छैनौँ,’ स्वतन्त्र विज्ञहरुको संस्था सेगका सदस्य डाक्टर ग्राबियल स्कुल्लीले भने,‘स्वीडेनको नीति निष्प्रभावी छ । तपाईं हेर्नसक्नुहुन्छ, स्वीडेनको दाँजोमा उसका छिमेकी देश फिनल्यान्ड र नर्वेले राम्रो तयारी गरेका छन् र त्यहाँ मृत्युदर कम छ ।’

स्वीडेन जसरी नै कडाइ खुकुलो गर्दा बेलायतमा बढी जोखिम हुने सेग समुहको तर्क छ । स्वीडेनको तुलनामा बेलायतमा आर्थिक दबाब बढी छ । यहाँका नागरिकहरुले हाउजिङमा धेरै खर्च गर्छन् अनि बेरोजगारले पाउने सेवा–सुविधा कम छ । यस्तो, अवस्थाले जोखिम मोल्नसक्ने मानिसको व्यवहार प्रभावित गर्नसक्छ ।

बेलायतमा वायु प्रदूषण पनि स्वीडेनको दाँजोमा ज्यादा छ, प्रदूषणले धेरै खाले संक्रमण फैलाउन भूमिका खेल्छ । विद्यालयमा महामारी फैलने सवालमा सामाजिक दूरी कायम गर्न कक्षाकोठाको आकार पनि महत्वपूर्ण पक्ष हुनसक्छ । प्राथमिक तहमा बेलायतमा औसत एउटा कक्षाकोठामा २७ जनालाई राखिन्छ, जबकी स्वीडेनमा २० जनालाई राखिन्छ । 

अनि, सामान्यत स्वीडिसहरु सरकारलाई धेरै विश्वास गर्छन्, उनीहरु सरकारी निर्देशिका धेरै पछ्याउँछन् र स्वेच्छाले सामाजिक व्यवहार परिवर्तन गरेका छन् । सरकारको तथ्याङ्कअनुसार ८० प्रतिशतभन्दा धेरै स्वीडिसहरुले सामाजिक दूरी पालना गरिरहेका छन्, उनीहरुले हात मिलाउन छाडेका छन् र आफ्नो हात निरन्तर धोइरहेका छन् । ६० प्रतिशत जनताले घरबाहिर निस्कने काममा कमी ल्याएका छन् र उनीहरु भीडभाडयुक्त ठाउँमा जाँदैनन् । 

बेलायत सरकारलाई कोभिड रोकथामका लागि सल्लाह दिएका प्रोफेसर जोन इडमुन्डस्ले प्रधानमन्त्री जोनसोनको पछिल्लो घोषणालाई ठूलो भारी बोकेर तीव्र गतिमा पहाडबाट ओरालो झरिरहेको (ट्रक) लरीजस्तै खतरनाक बनेको संज्ञा दिएका छन् । यद्यपी स्वीडेनबाट सिक्न सकिने केही महत्त्वपूर्ण पाठहरु रहेको उनी बताउँछन् । ‘स्वीडेनबाट सिक्न सकिने धेरै छ । मानिसलाई निरन्तर चेतनामुलक सन्देश दिइरहने, मानिसलाई सही काम गर्नका लागि सहयोग गर्ने आदी,’ सीएनएनसँगको कुराकानीमा उनले भने ।

(लण्डन निवासी एन्जिाला देवान सीएनएन इन्टरनेशनलकी सिरियर डिजिटल प्रोड्युसर हुन् ।)

सीएनएनबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.