सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘पौडेलजीको प्रस्तावले पार्टी गम्भीर षड्यन्त्रको दलदलमा फस्न सक्छ’

पौडेललाई सिटौलाको प्रश्न : विशेष महाधिवेशन केका लागि ? १४ औं महाधिवेशनमा पनि म प्रतिस्पर्धामा उत्रिन्छु
बुधबार, १४ असोज २०७७, ०२ : ५०
बुधबार, १४ असोज २०७७

काठमाडौं । आउँदो फागुनमा हुने भनिएको १४ औं महाधिवेशनका सन्दर्भमा नेपाली काँग्रेसका नेता कार्यकर्तामा चासो र चिन्ता बढ्दो छ । विशेषतः आन्तरिक अन्तरद्वन्द्वलगायतका विविध कारणहरुले महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सबैभन्दा बढी चिन्तित देखिन्छन् नेकाका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ।

काँग्रेसको १४ औं महाधिवेशनको सेरोफेरोमा सिटौलाको मुल ध्यान निष्पक्ष ढंगले महाधिवेशन सम्पन्न गर्नेमा देखिन्छ । केन्द्रमा नेताहरुबीच भइरहेको आरोप प्रत्यारोपले महाधिवेशनमा थप अन्यौलता थप्ने उनको बुझाइ छ ।

महाधिवेशनका हरेक चरणको नयाँ कार्यतालिका बनाउनुपर्ने सिटौलाको निष्कर्ष पाइन्छ । यसै सन्दर्भमा रातोपाटीले सिटौलासँग लामो संवाद गरेको थियो । प्रस्तुत छः सोही संवादको सम्पादित उतार :

राष्ट्रिय राजनीतिको भूमिमा रहेयता पहिलो पटक करिब डेढ महिना गृह जिल्ला झापामा बस्नुभयो । त्यहाँको बसाइ कस्तो रह्यो ?

कोरोना संक्रमणको महामारी सुरु भएपछि काठमाडौं–झापा तीन पटक ओहोर–दोहोर गरेँ । यस पटक करिब डेढ महिनाको आफ्नो घरमा बसाइ भयो । आफ्नो घरकै विशेष कामले गएको हुँ । तर पार्टीका गतिविधिमा पनि जोडिएँ । जिल्ला बसाइ हुँदा पार्टीका साथीहरुसँग भेट भयो नै । जिल्लाका साथीहरुको समन्वयमा विभिन्न पार्टीका केही कार्यकर्ता साथीहरुको काँग्रेसमा प्रवेश भयो । धेरैजसो आफ्नै निवासमा भएका पार्टी प्रवेशको कार्यक्रममा मैले भाग लिएँ । यसरी आफ्ना घरायसी कामका साथै पार्टीको गतिविधिमा पनि समय दिने काम भयो । गएको आम निर्वाचनपछि लामो बसाइ यसै पटक हो । आऊ जाऊ त भइरहेको हुन्छ ।

झापाबाट काठमाडौंमा नेताहरुको चहलपहल र पार्टी गतिविधि कसरी नियालिराख्नु भएको थियो ?

पार्टी संगठनमा सबैभन्दा कम झगडा भएको जिल्लामध्येमा एउटा झापा हो । झापामा अधिवेशनसम्बन्धी कार्यहरु सबै साथीहरुले मिलेर राम्रै गरेको पाएँ । तर त्यहाँ पनि केन्द्रले दिएको तालिकाबमोजिम काम टुंगोमा पुर्याउन सकेन । त्यस किसिमको परिस्थिति देखेपछि मैले देशका केही जिल्लामा नमुनाको रुपमा फोन सम्पर्क गरेँ । त्यहाँको विश्लेषणको आधारमा मलाई लाग्यो– फागुनमा महाधिवेशन सम्पन्न गर्ने तालिका नकारात्मक ढंगले प्रभावित हुँदैछ । त्यसपछि केन्द्रका खास गरी सभापति, वरिष्ठ नेतालगायत पदाधिकारी साथीहरुलाई फोनबाटै सम्पर्क गरेँ । मैले उहाँहरुलाई भने – तुरुन्तै केन्द्रीय कार्यसमिति बैठक बोलाउनु होस् र कार्यतालिकाबारे समीक्षा गरौँ ।

दोस्रो पटक बिपी जयन्तीको दिन साउन २४ गते पार्टी केन्द्रीय समितिले राखेको सभापति, वरिष्ठ नेता लगायत उपस्थित भर्चुअल कार्यक्रममा पनि मैले तुरुन्तै कार्यसमिति बैठक बोलाउनु होस् भनेको थिएँ । सोहीअनुसार उहाँहरुले असोज १९ गते आएर केन्द्रीय समिति बैठक राख्नु भएको छ । महाधिवेशन सम्बन्धी समग्र विषयमा त्यहाँ समीक्षा हुन्छ ।

आगामी फागुन ७१० गतेका लागि निर्धारित महाधिवेशन सम्भव नरहेको निष्कर्षमा कसरी पुग्नुभयो ? अब कहिले र कसरी गर्न सकिन्छ ?

नेपाली काँग्रेसको महाधिवेशन सम्बन्धित कार्यहरुमध्ये सबैभन्दा महत्वपूर्ण र सबैभन्दा विवादित कार्य भनेको क्रियाशील सदस्यता निर्माण गर्नु हो । यो कार्य सम्पन्न भएपछि तीन महिनाभित्रमा वडादेखि केन्द्रसम्मको महाधिवेशन सम्पन्न गर्न सकिन्छ ।

तर क्रियाशील सदस्यको अन्तिम निर्णय गर्नका लागि केही न केही विवाद पार्टीमा विभिन्न फोरममा उठ्छन् । त्यो कार्य सम्पन्न वर्डादेखि निर्वाचन क्षेत्र जिल्ला हुँदै केन्द्रमा आएर केन्द्रको छानविन समितिले निर्णय गरेर क्रियाशील सदस्यहरुको अन्तिम सूची निर्माणका लागि कम्तिमा चार महिना समय लाग्छ ।

जिल्लाहरुलाई केन्द्रमा पुर्‍याउनका लागि दुई महिना, केन्द्रमा विवाद टुंग्याउनका लागि एक महिना र केन्द्रीय कार्यालयले द्रुतगति काम सक्दा एक महिनामा सूची निर्माणसहित प्रमाणित गरेर पार्टीले गठन गरेको निर्वाचन समितिलाई बुझाउन सक्छ । गएको कार्यतालिकामा जिल्लालाई दुई महिना दिएकै हो ।

तर त्यो समय थियो साउन र भदौ महिना । बर्खाको समय, बाढी पहिरोको प्रभाव सहनुपर्ने, फेरि कोभिड–१९ महामारीको सन्त्रासकाबीच वडा तहमा क्रियाशील सदस्यको भेला गर्नुपर्ने भयो । यो दुई महिनामा साथीहरुले विविध कारणले काम गर्नु सक्नुभएको छैन ।

केन्द्रको निर्देशनअनुसार भदौ मसान्तभित्रमा ७७ ओटै जिल्लाबाट क्रियाशील सदस्यता आइपुग्नुपर्नेमा अहिलेसम्म एउटा जिल्लाको पनि आएको छैन । मलै यहाँ (काठमाडौं) आएर केही जिल्लाको गतिविधि बुझ्दा सबै जिल्लाबाट केन्द्रमा आइपुग्न मंसिर मसान्तयता त्यो सम्भव देख्दिनँ ।

केन्द्रको निर्देशनअनुसार भदौ मसान्तभित्रमा ७७ ओटै जिल्लाबाट क्रियाशील सदस्यता आइपुग्नुपर्नेमा अहिलेसम्म एउटा जिल्लाको पनि आएको छैन । मलै यहाँ (काठमाडौं) आएर केही जिल्लाको गतिविधि बुझ्दा सबै जिल्लाबाट केन्द्रमा आइपुग्न मंसिर मसान्तयता त्यो सम्भव देख्दिनँ ।

नदेख्नुको कारण ?

हाम्रो केन्द्रीय समिति बैठक असोज १९ गते हुँदै छ । बैठक दुई चार दिन चल्ला नै । कात्तिक महिनाभरी दशैं–तिहार, छठ आदि पर्व छन् । साथीहरुले काम गर्ने भनेको अब कात्तिकका केही दिन र मंसिर महिना नै हो ।

त्यसैले मंसिर मसान्तभित्रमा मात्रै ७७ ओटै जिल्लाले क्रियाशील सदस्यतको काम प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला तहमा परेका उजुरीमाथि निर्णय गरेर केन्द्रमा आइपुग्न सक्छ । त्यो ढंगले सोच्ने एउटा बाध्यात्मक परिस्थितिमा पार्टी पुग्नुपर्छ भन्ने मलाई लाग्छ । कतिपय साथीहरु कोभिडबाट डराएर विज्ञप्ति निकालेर भेटघाट बन्द गरेर बस्नु भएको छ । तर वडा तहमा सम्पूर्ण क्रियाशील सदस्य भेलाले मात्र नयाँ क्रियाशील सदस्यता दिने निर्णय गर्ने व्यवस्था विधानमा राखिएको छ ।

वडा तहमा ठूलो संख्यामा भेला गरेर छलफल गर भन्ने हामी केन्द्रमा भेटघाट बन्द गरेर बस्ने ? यसरी मनोवैज्ञानिक र नैतिक दृष्टिकोणले विपरीत धारमा हामी बस्नु हुँदैन । त्यसैले व्यवहारिक धरातलमा उभिएर हामीले निर्णय गर्नुपर्छ । त्यो निर्णय भनेको कार्यतालिका परिर्माजन नै हो । परिमार्जन गर्दा हामीले द्रुतगतिले काम गरौँ भने माघ मसान्तभित्रमा केन्द्रीय कार्यालयले नयाँ क्रियाशील सदस्यता सम्बन्धी काम सम्पन्न सक्छ ।

वडा तहमा ठूलो संख्यामा भेला गरेर छलफल गर भन्ने हामी केन्द्रमा भेटघाट बन्द गरेर बस्ने ? यसरी मनोवैज्ञानिक र नैतिक दृष्टिकोणले विपरीत धारमा हामी बस्नु हुँदैन । त्यसैले व्यवहारिक धरातलमा उभिएर हामीले निर्णय गर्नुपर्छ । त्यो निर्णय भनेको कार्यतालिका परिर्माजन नै हो ।

त्यसपछि तीन महिनामा महाधिवेशन भइहाल्छ । फागुनबाट सुरु गरेर वैशाखमा टुंग्याउन सकिन्छ भन्ने मलाई लागेको छ । केन्द्रका नेताहरुको पारस्पारिक विश्वासका आधारमा हुन सक्यो भने वैशाखमा महाधिवेशन सम्भव छ । मेरो ध्यान यहाँनिर केन्द्रित छ ।

काँग्रेसमा अहिले विवाद र अविश्वास गहिरिँदै गएको छ । यस्तो अवस्थामा पारस्पारिक विश्वासका साथ महाधिवेशनसम्म पुग्ने वातावरण कसरी बन्न सक्छ ?

महाधिवेशनको क्रममा हुने वडा अधिवेशनदेखि सबै तहमा नयाँ संगठन निर्माण हुन्छ । महाधिवेशन केन्द्रको मात्र होइन, वडादेखि केन्द्रसम्म आगामी चार वर्षका लागि नयाँ कार्यसमिति बनाउने अभियान पनि हो । यो पटक सात वटा प्रदेशमा प्रदेश अधिवेशन हुन्छ । सातै प्रदेश कार्यसमिति बन्छ । ७७ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्छ । ७७ वटा जिल्ला कार्यसमिति हुन्छन् ।

१६५ संघीय निर्वाचन क्षेत्रमा र ठीक त्यसको डबल प्रदेश निर्वाचन, देशभरका पालिकका र वडा तहसम्म अधिवेशन हुन्छन् र हरेक तहमा नयाँ कार्यसमिति बन्छन् । यी सबै अभिवेशनले निर्वाचनद्वारा कार्यसमिति चयन गर्दछन् । यसको अर्थ हो पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन्छ । निर्वाचन प्रणालीबाट नै संगठन बनाउने हाम्रो वैधानिक पद्धति हो ।

पाँच वर्षसम्म पार्टीलाई निरन्तर सहयोग गर्ने साथीले नयाँ क्रियाशील सदस्य पाएनन् भने पार्टीको जग मक्किन थाल्छ । त्यसकारण क्रियाशील सदस्यता निर्माण भनेको महाधिवेशनको क्रममा हुने संगठन निर्माणको प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण पक्ष हो । यो पहिलो  र प्राथमिक विषयमा केन्द्रका नेताहरुले किन ध्यान दिनु भएको छैन मैले बुझेको छैन ।

हामी केन्द्रका नेतालाई केन्द्रका महाधिवेशनमा टाउको दुख्छ । तर मुल कुरा वडादेखि कसरी कार्यसमिति बन्छ भन्ने विषयमा सबैभन्दा बढी ध्यान दिनुपर्छ । पार्टीको जग त वडा हो । वडा अधिवेशन राम्री गर्न सकिएन भने जग नै हल्लिन थाल्छ । अधिवेशनको जग सम्बधित ठाउँमा क्रियाशील सदस्य हुन् । सबैको क्रियाशील सदस्यता नवीकरण भएन भने पुराना साथीले पार्टी छोडेको स्थिति खडा हुन्छ । पाँच वर्षसम्म पार्टीलाई निरन्तर सहयोग गर्ने साथीले नयाँ क्रियाशील सदस्य पाएनन् भने पार्टीको जग मक्किन थाल्छ । त्यसकारण क्रियाशील सदस्यता निर्माण भनेको महाधिवेशनको क्रममा हुने संगठन निर्माणको प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण पक्ष हो । यो पहिलो  र प्राथमिक विषयमा केन्द्रका नेताहरुले किन ध्यान दिनु भएको छैन मैले बुझेको छैन ।

म उहाँहरुको ध्यान यहाँनिर आकृष्ट गर्न चाहँदै छु अहिले । केन्द्र बलियो भएर पार्टी बलियो हुने होइन, जग बलियो भयो भने पार्टी आफै बलियो हुन्छ । क्रियाशील सदस्य टुंग्याउने कुरामा अत्यन्त सावधानीपूर्वक परस्पर विश्वास निर्माण गरेर हामीले जानुपर्छ भन्ने मेरो मान्यता छ ।

केन्द्र बलियो भएर पार्टी बलियो हुने होइन, जग बलियो भयो भने पार्टी आफै बलियो हुन्छ । क्रियाशील सदस्य टुंग्याउने कुरामा अत्यन्त सावधानीपूर्वक परस्पर विश्वास निर्माण गरेर हामीले जानुपर्छ भन्ने मेरो मान्यता छ ।

क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै संघर्षमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनाइ पार्टीमा नवप्रवेशीलाई मनोमानी ढंगले वितरण भइरहेको भन्ने छ । यसलाई तपाईले कसरी लिनुभएको छ ?

पुरानो क्रियाशील सदस्य संख्या जति छ, त्यत्ति नै संख्या नयाँ क्रियाशील सदस्य बनाउने केन्द्रको समझदारी छ । केन्द्रमा सबै नेता बसेर गरेको समझदारी अनुसार यस पटक पार्टीका कार्यकर्ताको संख्या दोब्बर हुने भयो । त्यही ढंगले क्रियाशील सदस्यता वितरण  पनि भइरहेको छ । दोस्रो, तलको प्रक्रिया नपुर्‍याइकन सिधै केन्द्रले सदस्यता दिने कुरा छ । यस विषयमा केन्द्रीय कार्यसमितिमा कुरा उठ्छ । वर्तमान पदाधिकारीले यसमा प्रतिवेदन ल्याएपछि त्यहाँ छलफल गर्नुपर्छ । पक्षपात हुन नदिन सही ढंगले टुंग्याउनुपर्छ । कार्यसमितिमा छलफल नभइकन टिप्पणी गर्नु राम्रो हुँदैन ।

काठमाडौं फर्किएपछि शीर्षनेताहरुसँग भेटवार्ता गर्नुभयो । उहाँहरुको मत कस्तो पाउनुभयो ? वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्धारित मिति तलमाथि गरिए विशेष महाधिवेशनको प्रस्ताव पेश गर्ने भनिरहनु भएको छ नि ?

– विगतमा केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट बनाएको कार्यतालिका अनुसार भदौ मसान्तमा ७७ वटै जिल्लाबाट क्रियाशील सदस्य केन्द्रमा दाखिल भइसक्नुपर्छ भनेको छ । एउटाले पनि बुझाएको छैन । अब त्यो कार्यविधि फेल भइसकेपछि कुन कार्यविधिले क्रियाशील सदस्यता केन्द्रले बुझ्न मिल्छ र जिल्लाले बुझाउन मिल्छ ? मिल्दैन ।

अघिल्लो पटक बनाएको कार्यतालिका काम सम्पन्न नभएपछि नयाँ कार्य तालिका बनाउनु परेन ? त्यो रामचन्द्र पौडेलजीले नबुझेको कुरा हो ।

अघिल्लो पटक बनाएको कार्यतालिका काम सम्पन्न नभएपछि नयाँ कार्य तालिका बनाउनु परेन ? आफैले बनाएको कार्यतालिका फेल भइसक्यो । अब अर्को कार्यतालिकै बनाउनु पर्दैन भन्ने रामचन्द्र पौडेलजीले नबुझेको कुरा हो ।

कार्यतालिका परिमार्जन गर्दै महाधिवेशनको मिति सार्दै जाँदा पार्टी संवैधानिक संकटमा पुग्ने तर्क गर्दै उहाँले विशेष महाधिवेशनमा दिरहेको जोडलाई कसरी हेरिराख्नु भएको छ ?

–विशेष महाधिवेशन केका लागि भन्नु भएको हो ? त्यो कुरा केन्द्रीय समिति बैठकमा राख्नुपर्छ । विशेष महाधिवेशनको उद्देश्य हुन्छ, एजेण्डा हुन्छ – त्यसै विशेष महाधिवेशन बोलाइँदैन । विशेष महाधिवेशनका एजेण्डा ल्याए छलफल हुन्छ ।

महाधिवेशनको मिति सार्दै जाँदा महाधिवेशन नहुने सम्भावना पनि बढ्दै जाने र पार्टी संवैधानिक संकटमा फस्ने उहाँको तर्कले छ नि त?

– विशेष महाधिवेशनले महाधिवेशनको काम गर्दैन । विशेष महाधिवेशन भनेको अहिलेकै संरचनालाई बोलाउने हो । अहिलेकै संरचनाले महाधिवेशनको निर्वाचन गर्न सक्दैन । अविश्वासको प्रस्ताव ल्याएर दुई तिहाइबाट सभापतिलाई हटाउनुपर्छ । विधानमा त्यही कुरा छ । सभापतिलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन विशेष महाधिवेशनमा जोड दिइएको हो भने पौडेलजीहरुले प्रस्ताव ल्याउनु भएमा हेरौँला नि त ।

विशेष महाधिवेशन बोलाउने र अविश्वासको प्रस्ताव ल्याउने बाटो पौडेलजीले सोच्नु भएको हो भने त्यो गलत हो भन्ने मलाई लाग्छ । यतिबेला केन्द्रमा थप अविश्वास गहिरिएर जाने कुरा गर्नु हुँदैन । यसले पार्टी गम्भीर षड्यन्त्रको  दलदलमा बस्न सक्छ ।

तर अहिले त्यो बाटो जानुहुँदैन । विशेष महाधिवेशन बोलाउने र अविश्वासको प्रस्ताव ल्याउने बाटो पौडेलजीले सोच्नु भएको हो भने त्यो गलत हो भन्ने मलाई लाग्छ । यतिबेला केन्द्रमा थप अविश्वास गहिरिएर जाने कुरा गर्नु हुँदैन । यसले पार्टी गम्भीर षड्यन्त्रको  दलदलमा फस्न सक्छ । काँग्रेस र लोकतन्त्रलाई कमजोर पार्ने शक्ति केन्द्रहरुले नेपाली काँग्रेस पार्टीलाई गम्भीर समस्यामा फसाउन सक्छन् । त्यसबाट जोगिन एक उपाय महाधिवेशन हो । महाधिवेशनको विकल्प छैन । महाधिवेशन नै सम्पन्न गर्नुपर्छ ।

कोरोना महामारी, वर्तमान नेतृत्वको उदासीनता र पार्टीभित्र बढ्दो विवादले सहज ढंगले महाधिवेशन हुन्छ जस्तो लाग्छ ? एउटा समूह सभापतिका पछिल्ला निर्णयलाई लिएर संघर्षमा जाने तयारीमा छ ।

केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, वरिष्ठ नेतामा पनि रामचन्द्र पौडेलजी हुनुहुन्छ । केन्द्रमा पार्टी प्रवेश गराउँदा शेरबहादुर रामचन्द्र दुबैको सहमतिले गराउनु भयो । विजय गच्छदारको पार्टीलाई पनि सहमतिले पार्टी प्रवेश गराउनुभयो ।

अहिजे पनिलाई स्वागत गर्दै हिँड्न भएको छ । केन्द्रमा माला लगाउन र भाषण गर्न उहाँहरु सबै जानु नै भएको छ । बरु मेरो उपस्थिति हुन सकेको छैन ।

पार्टीलाई नेतृत्व गर्न सक्छु भन्ने वर्तमान सभापति र वैकल्पिक नेतृत्व दिन सक्छु भन्नेले पनि पार्टीभित्रको विवाद पार्टीभित्रै छलफल गरेर टुंग्याउन सक्छु भन्ने क्षमता प्रकट गर्नुपर्छ ।

काँग्रेस पार्टीभित्र उठ्ने विवादलाई पार्टीभित्रै छलफल गरेर  समाधान दिनसक्नु पर्छ । पार्टीलाई नेतृत्व गर्न सक्छु भन्ने वर्तमान सभापति र वैकल्पिक नेतृत्व दिन सक्छु भन्नेले पनि पार्टीभित्रको विवाद पार्टीभित्रै छलफल गरेर टुंग्याउन सक्छु भन्ने क्षमता प्रकट गर्नुपर्छ ।

छलफल र वार्ताभन्दा नेताहरु विरोध कार्यक्रममा बढी केन्द्रित देखिन्छन् । सोमबार विरोधपत्र पनि बुझाउने काम भयो । यो यस्तो संघर्षले महाधिवेशनमा कस्तो असर पर्छ ?

विरोधपत्र दिनु, ज्ञापनपत्र बुझाउनु सामान्य कुरा मानिन्छ । यसलाई म संघर्ष भन्दिनँ । तर पार्टीको महाधिवेशनलाई नकारात्मक प्रभाव हुने काम कसैले गर्नु हुँदैन । अरु गर्नु पाइन्छ । पार्टीभित्र चित्त नबुझेको कुरा उठाउन पाइन्छ, उठाउनुपर्छ, छलफल हुन्छ । सबै साथीले भाग लिन्छन् । त्यो कुरालाई म सामान्य रुपमा लिन्छु ।

राचन्द्रजीले जे गर्नु भएको छ, त्यो केन्द्रीय कार्यसमितिमा छलफलको विषय बन्छ । त्यसमा म पनि आफ्नो कुरा राखुला । तर महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ विचार प्रस्तुत गर्नुपर्छ ।

रामचन्द्रजीले जे गर्नु भएको छ, त्यो केन्द्रीय कार्यसमितिमा छलफलको विषय बन्छ । त्यसमा म पनि आफ्नो कुरा राखुँला । तर महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ विचार प्रस्तुत गर्नुपर्छ । महाधिवेशन सहज ढंगले सम्पन्न कसरी गर्न सकिन्छ भन्ने बाटोमा जानुपर्छ । प्रस्तिस्पर्धा हुन्छ, कसरी निष्पक्ष बनाउन सकिन्छ त्यो बाटोमा जानुपर्छ । त्यसका लागि पूर्ण सहमतिबाटै  निर्वाचन समिति बनाएका छौँ । अब क्रियाशील सदस्यता छानविन समिति पनि सहमतिबाटै बनाउने कुरामा निर्णय भइसकेको छ । त्यो अब चाडै बनाउनुपर्छ । अब हामीले पार्टीका हरेक गतिविधि महाधिवेशनमुखी बनाउनुपर्छ । महाधिवेशनलाई विषयान्तर कसैले गर्छौं भने त्यसले पार्टीलाई कमजोर पार्छ ।

आइतबार वरिष्ठ नेता पौडेलसँगको भेटवार्तामा विरोधपत्रमा हस्ताक्षर नगरेर पनि केन्द्रीय समितिमा एजेण्डागत रुपमा साथ दिने चन दिनुभएको हो ?

सल्लाह गरेर पदाधिकारी तहबाट केन्द्रीय समितिमा उहाँहरुको कुरा आउला नै । विरोधपत्र दर्ता गराएपछि कार्यसमितिमा छलफलको विषय स्वभाविक बन्छ होला  । मैले पनि केही कुरा राख्छु । त्यो पनि छलफलको विषय बन्छ । बैठकमा प्रस्तुत हुने एजेण्डामाथि छलफल हुन्छ । साथ दिने कुरा गर्नु भएको छ । गलतलाई गलत भन्ने हो सहीलाई सही भन्ने हो ।

सभापति र वरिष्ठ नेतासँगको भेटवार्ताबाट महाधिवेशनका सम्बन्धमा उहाँहरुको कस्तो मत पाउनु भयो ?

– सभापति र रामचन्द्रजीको एउटै मत पाएँ । ‘फागुनमै महाधिवेशन गर्नुपर्छ’ भन्नेमा उहाँहरु एक ठाउँमा हुनुहुन्छ । कार्यतालिका संशोधन गर्नुपर्दैन भनेर सभापतिजी र रामचन्द्रजी पनि भन्नुहुन्छ । दुबैलाई एउटै प्रश्न राखेर आएको छु – कसरी गर्नु हुन्छ ?

जवाफ के पाउनु भयो ?

– दुईजनाले जसरी पनि महाधिवेशन गर्नुपर्छ भन्नुहुन्छ । त्यो उहाँहरुको परिस्थिति र देश राजनीतिलाई बुझ्न नसकेको एउटा आवेश मात्रै हो । त्यो आवेशबाट नेपाली काँग्रेस कुनै पनि निर्णयमा पुग्नुहुँदैन ।

दुजनाले जसरी पनि महाधिवेशन गर्नुपर्छ भन्नुहुन्छ । त्यो उहाँहरुको परिस्थिति र देश राजनीतिलाई बुझ्न नसकेको एउटा आवेश मात्रै हो ।

१४ औं महाधिवेशनबाट काँग्रेसले परिस्थिति र देशको राजनीति बुझ्ने नेतृत्व पाउ? त्यसका लागि तपाईको स्थान वा भूमिका कहाँ रहन्छ ?

म आफै प्रस्तिस्पर्धामा जान्छु । पहिले पनि गएको हुँ । शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वले पार लाग्दैन भन्ने मेरो निष्कर्ष थियो । त्यो कुरा गएको निर्वाचनले सिद्ध पनि गरेको छ । शेरबहादुरजीको टिम र रामचन्द्रजीको टिम मिलेर ६० –४० को भागबण्डामा टिकट वितरण गर्नुभयो । समानुपातिकमा पनि त्यस्तै गर्नु भयो । त्यसको परिणाम काँग्रेसले भोगिपनि सक्यो । यसमा म धेरै समीक्षा गर्न पनि चाहन्नँ । तपाईंले सोधेपछि यति भन्नु बाध्य भएँ ।

आगामी निर्वाचनमा उहाँहरु पनि उठ्नु होला । अरु साथीहरु पनि उठ्नु होला । हाम्रो प्रस्तिपर्धा हुन्छ । मेरो उद्देश्य भनेको शान्तिपूर्ण  र पारदर्शी रुपमा महाधिवेशनका सम्पूर्ण गतविधि सम्पन्न हुन्, निष्पक्षरुपमा परिणाम आओस् । त्यो परिणामबाट जो नेतृत्वमा आउँछ, त्यो नेतृत्वले सबैलाई समेटेर लिन सकोस् । त्यही उद्देश्यका साथ हामीले काम गर्नुपर्छ ।

महाधिवेशन सम्पन्न भएर परिणाम आइसकेपछि पार्टीभित्र वृहत एकता निर्माण गर्न सकिएन भने नेपाली काँग्रेस अत्यन्त ठूलो कठिनाइमा पर्छ । अहिले विगतको जस्तो देशमा राजनीतिक परिस्थिति छैन । राष्ट्रलाई कम्युनिस्ट पार्टीले कब्जा गरेर बसेको छ । अब काँग्रेसका नेताहरुले त्यतातिर ध्यान नदिएर पार्टीमा मात्र कब्जा गर्न खोज्नुको केही अर्थ हुँदैन ।

महाधिवेशन सम्पन्न भएर परिणाम आइसकेपछि पार्टीभित्र वृहत एकता निर्माण गर्न सकिएन भने नेपाली काँग्रेस अत्यन्त ठूलो कठिनाइमा पर्छ । अहिले विगतको जस्तो देशमा राजनीतिक परिस्थिति छैन । राजनीतिक परिदृष्य नयाँ छ । चारैतिर कम्युनिस्ट पार्टीको सरकार छ । राष्ट्रलाई कम्युनिस्ट पार्टीले कब्जा गरेर बसेको छ । अब काँग्रेसका नेताहरुले त्यतातिर ध्यान नदिएर पार्टीमा मात्र कब्जा गर्न खोज्नुको केही अर्थ हुँदैन ।

पार्टी नेतृत्वमा पुग्न आकांक्षा राख्नु स्वभाविक हो । त्यसलाई म प्रशंसा गर्छु । तर प्रतिस्पर्धा सहज ढंगले गर्नुपर्छ र नेतृत्वमा रहनुपर्छ भन्ने मेरो मान्यता रहन्छ । त्यसपछि सम्पूर्ण एकता निर्माण गरेर हाम्रा वर्तमान उपलब्धि लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धति र संवैधानिक व्यवस्थालाई सुदृढ गर्नका लागि काँग्रेस पार्टीले देशव्यापी रुपमा एउटा अभियान चलाउनुपर्छ । मलाई आज पनि लाग्छ– नेपाली काँग्रेस पार्टी मुलुकलाई नेतृत्व दिन सक्ने अवस्थामा छ । हामी चुनावमा पराजय भएपनि सिद्धान्त, नीति र विचारको दृष्टिकोणले हाम्रो विजय भएको म ठान्दछु ।

सरकारप्रति जनताको ठूला गुनासा छन्कमजोरी सरकारको हुँदा हुँदा गुनासोलाई व्यवस्थाले नै दिन सकेन भन्नेतर्फ भड्काउ खोजिँदैछ । यसमा काँग्रेस पार्टी गम्भीर हुनुपर्छ ।

भविष्य लोकतन्त्र र लोतान्त्रिक शासन व्यवस्थाकै हो । त्यसैले नेपाली काँग्रेस पार्टीको भविष्य छ । तर परिर्वतित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थामार्फत जनतालाई जुन स्तरको समृद्धि दिनसक्नुपथ्यो, राज्य सञ्चालकबाट आज जनताले पाइनराखेको अवस्था छ । त्यसैले सरकारप्रति जनताको ठूला गुनासा छन् । कमजोरी सरकारको हुँदा हुँदा गुनासोलाई व्यवस्थाले नै दिन सकेन भन्नेतर्फ भड्काउन खोजिँदैछ । यसमा काँग्रेस पार्टी गम्भीर हुनुपर्छ । यस्ता खाले सैद्धान्तिक, नीतिगत, संवैधानिक, राजनीतिक चुनौतिलाई समाना गर्न नेपाली काँग्रेस पार्टी आगामी महाधिवेशनको परिणामपछि  सम्पूर्ण एकता गरेर जनतामाझ पुग्नुपर्छ । मेरो उद्देश्य महाधिवेशन सम्पन्न गर्ने मात्र छैन, महाधिवेशनपछि सम्पूर्ण एकता गर्ने पनि छ । त्यो उद्देश्यका साथ पार्टीका साथीहरुलाई आफ्ना कुरा राख्ने गरेको छु ।

त्यसो भए १४ औं महाधिवेशनमा तपाईं अर्जुन वा कृष्णको भूमिकामा देखिनुहुन्छ ?

पार्टीभित्र मैले चाहेको आमुल परिवर्तनमा  नेतृत्व, नीति निर्माण, कार्यक्रम, व्यवहार, मूल्यांकन, न्याय, विवेक धेरै चिजहरु पर्दछ । विगतमा भएका विसंगतिलाई अन्त्य गरेर  नयाँ परिस्थितिमा पार्टीलाई स्थापित गर्नुसक्नुपर्छ । यसका विस्तित एजेण्डा महाधिवेशनमा प्रस्तुत गरुँला ।

रहर गर्न सबै साथीले पाउनुहुन्छ । सभापति शेरबहादुरजीको, रामचन्द्रजीको, मेरो वा अन्य साथीहरु हकमा अधिवेशन सुरु भएपछि पाइला पाइलामा नयाँ निर्णय आउन थाल्छन् । विगतका अधिवेशनको मलाई राम्रो ज्ञान छ ।

दोस्रो कुरा, १४ औं महाधिवेशनको अन्तिम निष्कर्ष कुनै नेताले गर्नु सक्नुहुन्न । सबैको भनाइ रहरको भनाइ मात्र हुन्छ । रहर गर्न सबै साथीले पाउनुहुन्छ । सभापति शेरबहादुरजीको, रामचन्द्रजीको, मेरो वा अन्य साथीहरु हकमा अधिवेशन सुरु भएपछि पाइला पाइलामा नयाँ निर्णय आउन थाल्छन् । विगतका अधिवेशनको मलाई राम्रो ज्ञान छ । आठौं महाधिवेशनमा किसनजीलाई सर्वसम्मत रुपमा नेतृत्वमा चयन गर्‍यौं । नवौं महाधिवेशनपछि हरेक महाधिवेशन मैले नजिकबाट हेरेको छु । केही महाधिवेशनमा म आफैले भित्री भूमिका खेलेको छु । हरेक पाइलामा आन्तरिक समीकरण परिवर्तन भएको पनि देखेको छु । अहिले शेरबहादुरजी र रामचन्द्रजीको टिममा रहेको साथीहरु त्यही रहन्छन् भन्ने कुनै टुंगो छैन । उहाँहरु नै उठ्नुहुन्छ भन्ने पनि टुंगो छैन । उठ्न खाजेको अन्य साथीहरु पनि उठ्नु हुन्छ भन्ने टुंगो छैन । तपाईले सोधेको प्रश्नको सही उत्तर ७ वटा प्रदेश अधिवेशनपछि मात्र पाउनुहुन्छ ।

नवौं महाधिवेशनपछि हरेक महाधिवेशन मैले नजिकबाट हेरेको छु । केही महाधिवेशनमा म आफैले भित्री भूमिका खेलेको छु । हरेक पाइलामा आन्तरिक समीकरण परिवर्तन भएको पनि देखेको छु । अहिले शेरबहादुरजी र रामचन्द्रजीको टिममा रहेको साथीहरु त्यही रहन्छन् भन्ने कुनै टुंगो छैन ।

देउवा र पौडेल समूहबाट बाहिरिनेहरुका लागि विकल्प तपाईले नेतृत्व गरेको समूह बन्छ ?

नयाँ समीकरण विकसित हुन्छ । हाम्रो बलियो सम्भावना देखेको छु । राजनीतिमा सम्भावनाको खेल कहिलै टरेर गएको छैन । सम्भावना राम्रो देखेको छु । साथीहरुले प्रेसमा जे भने पनि महाधिवेशनमा कसरी प्रतिस्पर्धा गर्ने भनेर भित्री रुपमा विभिन्न नेताको विभिन्न तरिकाको भेटघाट भइरहेको छ । तर प्रेसका साथीहरुले खोजेको उत्तर अहिलै पाउन सक्नुहुन्न । किनकि पार्टीको महाधिवेशनका लागि आन्तरिक प्रतिस्पर्धा सोचेजस्तो सहज छैन ।

युवा पंक्ति जबरजस्त ढंगले आइरहेको अवस्थामा तपाईले आफ्नो राजनीतिक भविष्यका हिसाबले १४ औं महाधिवेशनलाई कसरी हेर्नु भएको छ ?

यस पटक वडादेखि केन्द्रसम्म युवा पंक्ति निकै दरो ढंगले अगाडि बढ्छ । यो समयको माग पनि हो । यसको अर्थ सबै पुराना साथीहरु निवृत्त हुने मैले देखेको छैन । पुरानै टिममा बसेर साथीहरु अगाडि बढ्ने परिस्थिति बन्छ ।

मैले व्यक्तिगत कुरा गर्न खोजेको हो । १४ औं महाधिवेशनमा नेतृत्वमा स्थापित हुन सक्नु भएन भने युवाको जबरजस्त उस्थितिले अविभावकीय भूमिकामा पुग्ने अवस्था देखिन्छ नि ?

यस पटकको महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आमूल परिवर्तन हुन्छ । मेरो बारेमा पछि आएर सोध्नु न ! महाधिवेशनको वातावरण त बनाऔं । महाधिवेशन हुनेबारे अविश्वासको दलदलमा पार्टी फस्दै गएको देखेको छु । यस्तो बेला धेरै कुरा नगरौँ ।

महाधिवेशन हुनेबारे अविश्वासको दलदलमा पार्टी फस्दै गएको देखेको छु । यस्तो बेला धेरै कुरा नगरौँ ।

सभापति र तपाईबीच शनिबार भएको भेटवार्तालाई आशंकाको दृष्टिकोणले हेरिएको छ । एउटा पक्षले तपाईहरुबीच चोचोमोचो मिलेको ढगले बुझेको पाइन्छ ? खास कुरा के भएको थियो ?

जसले यस्तो कुरा गरेका छन्– त्यो दरिद्र र कमजोर मानसिकताको उपज हो । उहाँसँग महाधिवेशन कसरी गर्ने भन्ने विषय बाहेक केही कुराकानी भएको छैन ।

भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललगायतको विस्तार किन हुन सकिरहेको छैन । अहिले गर्नु हुन्छ ?

मेरो नयाँ प्रस्ताव छ । केन्द्रीय कार्यसमितिमा पनि राख्छु । अब नेपाली काँग्रेस पार्टीले आन्तरिक गतिविधिमा महाधिवेशनलाई मात्रै केन्द्रमा राखेर काम गर्नुपर्छ । अब समय र ध्यान अर्कोतिर मोडनु हुँदैन । फागुनमा हुन सकेन भने पनि बैशाखभन्दा ढिलो नगरी महाधिवेशन सम्पन्न गर्नुपर्छ । अनि यी सबै कुरा समाएर लाने जिम्मेवारी महाधिवेशनको नेतृत्वको हुन्छ ।

त्यसो भए काँग्रेसले नयाँ नेतृत्व नपाएसम्म वर्तमान भ्रातृ संसठन यही ढंगले अगाडि बढ्छ्न ?

के गर्न सकिन्छ त ? अधिवेशन गर्न सकिँदैन । विस्तारको कुरा समयमा भएन । समयमा भएन भने निरर्थक हुँदै जान्छ । अब अरु विषयतिर ध्यान दिन आवश्यक छ जस्तो मलाई लाग्दैन । भ्रातृ तथा शुभेच्छुक संस्था लगायतलाई संगठित  गरेर परिचालित गर्ने जिम्मा महाधिवेशनबाट आउने नेतृत्वको हुन्छ । छिट्टो भन्दा छिट्टो महाधिवेशन गर्नुको विकल्प छैन । धेरै झगडा भयो भने बैशाखमा पनि महाधिवेशन हुँदैन । अनि ठूलो कलहमा काँग्रेस मुर्खता बस फस्दै जान्छ । त्यस्तो मर्खता पूर्ण निर्णय र गतिविधिमा पार्टीलाई पुग्न दिनुहुँदैन भन्ने मेरो स्पस्ट मत छ ।

भ्रातृ तथा शुभेच्छुक संस्था लगायतलाई संगठित  गरेर परिचालित गर्ने जिम्मा महाधिवेशनबाट आउने नेतृत्वको हुन्छ । छिट्टो भन्दा छिट्टो महाधिवेशन गर्नुको विकल्प छैन । धेरै झगडा भयो भने बैशाखमा पनि महाधिवेशन हुँदैन ।

सरकारसँग भागबण्डा खजेर काँग्रेस अलमलिरहेको देखिन्छ । पार्टीभित्र र बाहिर पनि यसबारे आवाज उठेको छ । यसबारे तपाईको धारणा के हो

संवैधानिक परिषदले गर्ने निर्णयमा विपक्षी दलको नेता पदेन सदस्य हुन्छ । संवैधानिक परिषद्ले नियुक्त गर्ने कुरामा पार्टी सभापतिले प्रतिपक्षी नेताको हैसियतले आफ्नो कुरा स्पस्ट राख्नुपर्छ । संवैधानिक निकायमा उपयुक्त मानिसहरु राख्ने कुरामा अडान दिनुपर्छ । अन्य विषयमा भागबण्डा खोज्नु हुँदैन । संवैधानिक आयोग कम्युनिस्ट र काँग्रेस पार्टीका कार्यकर्ता भर्ती गर्ने ठाउँ होइन । सरकारले नियुक्त गर्ने कुरामा काँग्रेसले प्रतिपक्षी नजरले मूल्यांकन गर्नुपर्छ ।

संवैधानिक आयोग कम्युनिस्ट र काँग्रेस पार्टीका कार्यकर्ता भर्ती गर्ने ठाउँ होइन । सरकारले नियुक्त गर्ने कुरामा काँग्रेसले प्रतिपक्षी नजरले मूल्यांकन गर्नुपर्छ ।

संविधान बनेको ५ वर्षसम्म पनि संवैधानिक आयोगमा नियुक्त नहुँदा पनि काँग्रेसले दबाब दिन किन सकेन ? सरकारसँग चर्कोसँग बोल्दा भाग नपाउने भएर हो ?

यो सब कम्युनिस्ट पार्टीको गल्ती हो, कमजोरी हो । आफू काम गर्न नसक्ने दोष प्रतिपक्षी दललाई लगाउने ? उसले गरोस् न । यता संवैधानिक परिषदको महत्वपूर्ण सदस्य उपसभामुखको पनि निर्वाचन हुन सकेको छैन । किनभन्दा कम्युनिस्ट पार्टीले राख्न नपाउने भएकोले सरकार उदासीन छ । त्यहाँ महिला हुनुपर्छ र अर्को पार्टीको पनि हुनुपर्छ । अर्को पार्टीभन्दा कि काँग्रेसको कि जनता समाजवादी पार्टीको हुने भयो । संवैधानिक परिषदमा एउटा महिला छैन । महिला भनेको त्यही उपसभामुख पद हो । सरकारले उपसभामुख पदको निर्वाचानमा चासो दिँदैन । सरकारले सभामुखलाई कार्ययोजना दिने, सभामुखले कार्यसूची ल्याउन र संसदले निर्वाचन गर्ने  हो । सरकारले किन उपसभामुखको निर्वाचन गर्दैन प्रश्न यहाँनिर छ ।

तपाईलाई मेरो प्रतिप्रश्न छ । सरकारलाई काँग्रेसले प्रश्न किन उठाउन सकिरहेको छैन ?

– तपाईको प्रश्न जायज छ । संसदभित्रका हाम्रो दलका नेता पार्टी सभापति, उपनेता पार्टी उपसभापति, पार्टीका वर्तमान महामन्त्री, पूर्वमहान्त्री, वर्तमान कोषाध्यक्षले किन कुरा नउठाएको – उहाँहरुलाई गएर यो प्रश्न सोध्नुहोस् । यस विषयमा पार्टीको केन्द्रीय समितिमा कुरा उठाइन्छ । तुरुन्त उपसभामुखको निर्वाचन गर्नुपर्छ भनेर पनि पार्टीले निर्णय गर्छ ।

उपसभामुखको निर्वाचन कुरा उठिरहँदा सरकारले हठात अन्त्य गरेको संसद अधिवेशन बोलाउने विषयमा काँग्रेस किन मौन छ । विपक्षी जनता समाजवादी पार्टीले काँग्रेससँग आग्रह गर्दा पनि काँग्रेसले विशेष अधिवेशन बोलाउन अग्रसरता नलिनुको रहस्य के छ ?

संसद अधिवेशन सरकारले बोलाउने हो । संसदका एक तिहाइ सांसदले संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्न सक्थ्यो । त्यो किन हुन सकेन, मलाई पनि थाहा छैन । म संसदमा छैन । संसदको बैठक बोलाउन केही कुराले रोक्छ जस्तो लाग्दैन मलाई ।

अन्तमा कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई सुझाव र दबाब दिनका लागि काँग्रेसको भूमिका कस्तो पाउनु भयो ?

–  सरकारसँग कोभिड–१९ संक्रमणको महामारीमा रोक्ने कुनै योजना र  क्षमता पनि देखिएन । लकडाउन लगाउने र खुला गर्ने बाहेक सरकार अरु केही जानेको पनि रहेनछ । जनता संकटमा पर्दा केही गर्न नसक्ने सरकार हो भन्ने मेरो निष्कर्ष छ ।

काँग्रेस पार्टीले कोभिड१९ को महामारी र अन्य तमाम विषयमा दरो ढंगले कुरा उठाउन नसकिएको पनि स्वीकार गर्छु ।

तर काँग्रेस पार्टीले कोभिड–१९ को महामारी र अन्य तमाम विषयमा दरो ढंगले कुरा उठाउन नसकिएको पनि स्वीकार गर्छु । साथै काँग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको कोरोना अनुगमन समितिले खासै केही काम गरेको छैन । त्यो कमिटी पार्टीको गुट विस्तारमा लाग्यो भन्ने आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप