केन्द्रीय संस्करण
अन्तरवार्ता

‘पौडेलजीको प्रस्तावले पार्टी गम्भीर षड्यन्त्रको दलदलमा फस्न सक्छ’

पौडेललाई सिटौलाको प्रश्न : विशेष महाधिवेशन केका लागि ? १४ औं महाधिवेशनमा पनि म प्रतिस्पर्धामा उत्रिन्छु

person explore access_timeअसोज १३, २०७७ chat_bubble_outline0

 

 

 

काठमाडौं । आउँदो फागुनमा हुने भनिएको १४ औं महाधिवेशनका सन्दर्भमा नेपाली काँग्रेसका नेता कार्यकर्तामा चासो र चिन्ता बढ्दो छ । विशेषतः आन्तरिक अन्तरद्वन्द्वलगायतका विविध कारणहरुले महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सबैभन्दा बढी चिन्तित देखिन्छन् नेकाका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ।

काँग्रेसको १४ औं महाधिवेशनको सेरोफेरोमा सिटौलाको मुल ध्यान निष्पक्ष ढंगले महाधिवेशन सम्पन्न गर्नेमा देखिन्छ । केन्द्रमा नेताहरुबीच भइरहेको आरोप प्रत्यारोपले महाधिवेशनमा थप अन्यौलता थप्ने उनको बुझाइ छ ।

महाधिवेशनका हरेक चरणको नयाँ कार्यतालिका बनाउनुपर्ने सिटौलाको निष्कर्ष पाइन्छ । यसै सन्दर्भमा रातोपाटीले सिटौलासँग लामो संवाद गरेको थियो । प्रस्तुत छः सोही संवादको सम्पादित उतार :

राष्ट्रिय राजनीतिको भूमिमा रहेयता पहिलो पटक करिब डेढ महिना गृह जिल्ला झापामा बस्नुभयो । त्यहाँको बसाइ कस्तो रह्यो?

कोरोना संक्रमणको महामारी सुरु भएपछि काठमाडौं–झापा तीन पटक ओहोर–दोहोर गरेँ । यस पटक करिब डेढ महिनाको आफ्नो घरमा बसाइ भयो । आफ्नो घरकै विशेष कामले गएको हुँ । तर पार्टीका गतिविधिमा पनि जोडिएँ । जिल्ला बसाइ हुँदा पार्टीका साथीहरुसँग भेट भयो नै । जिल्लाका साथीहरुको समन्वयमा विभिन्न पार्टीका केही कार्यकर्ता साथीहरुको काँग्रेसमा प्रवेश भयो । धेरैजसो आफ्नै निवासमा भएका पार्टी प्रवेशको कार्यक्रममा मैले भाग लिएँ । यसरी आफ्ना घरायसी कामका साथै पार्टीको गतिविधिमा पनि समय दिने काम भयो । गएको आम निर्वाचनपछि लामो बसाइ यसै पटक हो । आऊ जाऊ त भइरहेको हुन्छ ।

झापाबाट काठमाडौंमा नेताहरुको चहलपहल र पार्टी गतिविधि कसरी नियालिराख्नु भएको थियो?

पार्टी संगठनमा सबैभन्दा कम झगडा भएको जिल्लामध्येमा एउटा झापा हो । झापामा अधिवेशनसम्बन्धी कार्यहरु सबै साथीहरुले मिलेर राम्रै गरेको पाएँ । तर त्यहाँ पनि केन्द्रले दिएको तालिकाबमोजिम काम टुंगोमा पुर्याउन सकेन । त्यस किसिमको परिस्थिति देखेपछि मैले देशका केही जिल्लामा नमुनाको रुपमा फोन सम्पर्क गरेँ । त्यहाँको विश्लेषणको आधारमा मलाई लाग्यो– फागुनमा महाधिवेशन सम्पन्न गर्ने तालिका नकारात्मक ढंगले प्रभावित हुँदैछ । त्यसपछि केन्द्रका खास गरी सभापति, वरिष्ठ नेतालगायत पदाधिकारी साथीहरुलाई फोनबाटै सम्पर्क गरेँ । मैले उहाँहरुलाई भने – तुरुन्तै केन्द्रीय कार्यसमिति बैठक बोलाउनु होस् र कार्यतालिकाबारे समीक्षा गरौँ ।

दोस्रो पटक बिपी जयन्तीको दिन साउन २४ गते पार्टी केन्द्रीय समितिले राखेको सभापति, वरिष्ठ नेता लगायत उपस्थित भर्चुअल कार्यक्रममा पनि मैले तुरुन्तै कार्यसमिति बैठक बोलाउनु होस् भनेको थिएँ । सोहीअनुसार उहाँहरुले असोज १९ गते आएर केन्द्रीय समिति बैठक राख्नु भएको छ । महाधिवेशन सम्बन्धी समग्र विषयमा त्यहाँ समीक्षा हुन्छ ।

आगामी फागुन ७१० गतेका लागि निर्धारित महाधिवेशन सम्भव नरहेको निष्कर्षमा कसरी पुग्नुभयो?अब कहिले र कसरी गर्न सकिन्छ?

नेपाली काँग्रेसको महाधिवेशन सम्बन्धित कार्यहरुमध्ये सबैभन्दा महत्वपूर्ण र सबैभन्दा विवादित कार्य भनेको क्रियाशील सदस्यता निर्माण गर्नु हो । यो कार्य सम्पन्न भएपछि तीन महिनाभित्रमा वडादेखि केन्द्रसम्मको महाधिवेशन सम्पन्न गर्न सकिन्छ ।

तर क्रियाशील सदस्यको अन्तिम निर्णय गर्नका लागि केही न केही विवाद पार्टीमा विभिन्न फोरममा उठ्छन् । त्यो कार्य सम्पन्न वर्डादेखि निर्वाचन क्षेत्र जिल्ला हुँदै केन्द्रमा आएर केन्द्रको छानविन समितिले निर्णय गरेर क्रियाशील सदस्यहरुको अन्तिम सूची निर्माणका लागि कम्तिमा चार महिना समय लाग्छ ।

जिल्लाहरुलाई केन्द्रमा पुर्‍याउनका लागि दुई महिना, केन्द्रमा विवाद टुंग्याउनका लागि एक महिना र केन्द्रीय कार्यालयले द्रुतगति काम सक्दा एक महिनामा सूची निर्माणसहित प्रमाणित गरेर पार्टीले गठन गरेको निर्वाचन समितिलाई बुझाउन सक्छ । गएको कार्यतालिकामा जिल्लालाई दुई महिना दिएकै हो ।

तर त्यो समय थियो साउन र भदौ महिना । बर्खाको समय, बाढी पहिरोको प्रभाव सहनुपर्ने, फेरि कोभिड–१९ महामारीको सन्त्रासकाबीच वडा तहमा क्रियाशील सदस्यको भेला गर्नुपर्ने भयो । यो दुई महिनामा साथीहरुले विविध कारणले काम गर्नु सक्नुभएको छैन ।

केन्द्रको निर्देशनअनुसार भदौ मसान्तभित्रमा ७७ ओटै जिल्लाबाट क्रियाशील सदस्यता आइपुग्नुपर्नेमा अहिलेसम्म एउटा जिल्लाको पनि आएको छैन । मलै यहाँ (काठमाडौं) आएर केही जिल्लाको गतिविधि बुझ्दा सबै जिल्लाबाट केन्द्रमा आइपुग्न मंसिर मसान्तयता त्यो सम्भव देख्दिनँ ।

केन्द्रको निर्देशनअनुसार भदौ मसान्तभित्रमा ७७ ओटै जिल्लाबाट क्रियाशील सदस्यता आइपुग्नुपर्नेमा अहिलेसम्म एउटा जिल्लाको पनि आएको छैन । मलै यहाँ (काठमाडौं) आएर केही जिल्लाको गतिविधि बुझ्दा सबै जिल्लाबाट केन्द्रमा आइपुग्न मंसिर मसान्तयता त्यो सम्भव देख्दिनँ ।

नदेख्नुको कारण?

हाम्रो केन्द्रीय समिति बैठक असोज १९ गते हुँदै छ । बैठक दुई चार दिन चल्ला नै । कात्तिक महिनाभरी दशैं–तिहार, छठ आदि पर्व छन् । साथीहरुले काम गर्ने भनेको अब कात्तिकका केही दिन र मंसिर महिना नै हो ।

त्यसैले मंसिर मसान्तभित्रमा मात्रै ७७ ओटै जिल्लाले क्रियाशील सदस्यतको काम प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला तहमा परेका उजुरीमाथि निर्णय गरेर केन्द्रमा आइपुग्न सक्छ । त्यो ढंगले सोच्ने एउटा बाध्यात्मक परिस्थितिमा पार्टी पुग्नुपर्छ भन्ने मलाई लाग्छ । कतिपय साथीहरु कोभिडबाट डराएर विज्ञप्ति निकालेर भेटघाट बन्द गरेर बस्नु भएको छ । तर वडा तहमा सम्पूर्ण क्रियाशील सदस्य भेलाले मात्र नयाँ क्रियाशील सदस्यता दिने निर्णय गर्ने व्यवस्था विधानमा राखिएको छ ।

वडा तहमा ठूलो संख्यामा भेला गरेर छलफल गर भन्ने हामी केन्द्रमा भेटघाट बन्द गरेर बस्ने ? यसरी मनोवैज्ञानिक र नैतिक दृष्टिकोणले विपरीत धारमा हामी बस्नु हुँदैन । त्यसैले व्यवहारिक धरातलमा उभिएर हामीले निर्णय गर्नुपर्छ । त्यो निर्णय भनेको कार्यतालिका परिर्माजन नै हो । परिमार्जन गर्दा हामीले द्रुतगतिले काम गरौँ भने माघ मसान्तभित्रमा केन्द्रीय कार्यालयले नयाँ क्रियाशील सदस्यता सम्बन्धी काम सम्पन्न सक्छ ।

वडा तहमा ठूलो संख्यामा भेला गरेर छलफल गर भन्ने हामी केन्द्रमा भेटघाट बन्द गरेर बस्ने?यसरी मनोवैज्ञानिक र नैतिक दृष्टिकोणले विपरीत धारमा हामी बस्नु हुँदैन । त्यसैले व्यवहारिक धरातलमा उभिएर हामीले निर्णय गर्नुपर्छ । त्यो निर्णय भनेको कार्यतालिका परिर्माजन नै हो ।

त्यसपछि तीन महिनामा महाधिवेशन भइहाल्छ । फागुनबाट सुरु गरेर वैशाखमा टुंग्याउन सकिन्छ भन्ने मलाई लागेको छ । केन्द्रका नेताहरुको पारस्पारिक विश्वासका आधारमा हुन सक्यो भने वैशाखमा महाधिवेशन सम्भव छ । मेरो ध्यान यहाँनिर केन्द्रित छ ।

काँग्रेसमा अहिले विवाद र अविश्वास गहिरिँदै गएको छ । यस्तो अवस्थामा पारस्पारिक विश्वासका साथ महाधिवेशनसम्म पुग्ने वातावरण कसरी बन्न सक्छ?

महाधिवेशनको क्रममा हुने वडा अधिवेशनदेखि सबै तहमा नयाँ संगठन निर्माण हुन्छ । महाधिवेशन केन्द्रको मात्र होइन, वडादेखि केन्द्रसम्म आगामी चार वर्षका लागि नयाँ कार्यसमिति बनाउने अभियान पनि हो । यो पटक सात वटा प्रदेशमा प्रदेश अधिवेशन हुन्छ । सातै प्रदेश कार्यसमिति बन्छ । ७७ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्छ । ७७ वटा जिल्ला कार्यसमिति हुन्छन् ।

१६५ संघीय निर्वाचन क्षेत्रमा र ठीक त्यसको डबल प्रदेश निर्वाचन, देशभरका पालिकका र वडा तहसम्म अधिवेशन हुन्छन् र हरेक तहमा नयाँ कार्यसमिति बन्छन् । यी सबै अभिवेशनले निर्वाचनद्वारा कार्यसमिति चयन गर्दछन् । यसको अर्थ हो पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन्छ । निर्वाचन प्रणालीबाट नै संगठन बनाउने हाम्रो वैधानिक पद्धति हो ।

पाँच वर्षसम्म पार्टीलाई निरन्तर सहयोग गर्ने साथीले नयाँ क्रियाशील सदस्य पाएनन् भने पार्टीकोजग मक्किनथाल्छ । त्यसकारण क्रियाशील सदस्यता निर्माण भनेको महाधिवेशनको क्रममा हुने संगठन निर्माणको प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण पक्ष हो ।योपहिलो  र प्राथमिक विषयमा केन्द्रका नेताहरुले किन ध्यान दिनु भएको छैन मैले बुझेको छैन ।

हामी केन्द्रका नेतालाई केन्द्रका महाधिवेशनमा टाउको दुख्छ । तर मुल कुरा वडादेखि कसरी कार्यसमिति बन्छ भन्ने विषयमा सबैभन्दा बढी ध्यान दिनुपर्छ । पार्टीको जग त वडा हो । वडा अधिवेशन राम्री गर्न सकिएन भने जग नै हल्लिन थाल्छ । अधिवेशनको जग सम्बधित ठाउँमा क्रियाशील सदस्य हुन् । सबैको क्रियाशील सदस्यता नवीकरण भएन भने पुराना साथीले पार्टी छोडेको स्थिति खडा हुन्छ । पाँच वर्षसम्म पार्टीलाई निरन्तर सहयोग गर्ने साथीले नयाँ क्रियाशील सदस्य पाएनन् भने पार्टीको जग मक्किन थाल्छ । त्यसकारण क्रियाशील सदस्यता निर्माण भनेको महाधिवेशनको क्रममा हुने संगठन निर्माणको प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण पक्ष हो । यो पहिलो  र प्राथमिक विषयमा केन्द्रका नेताहरुले किन ध्यान दिनु भएको छैन मैले बुझेको छैन ।

म उहाँहरुको ध्यान यहाँनिर आकृष्ट गर्न चाहँदै छु अहिले । केन्द्र बलियो भएर पार्टी बलियो हुने होइन, जग बलियो भयो भने पार्टी आफै बलियो हुन्छ । क्रियाशील सदस्य टुंग्याउने कुरामा अत्यन्त सावधानीपूर्वक परस्पर विश्वास निर्माण गरेर हामीले जानुपर्छ भन्ने मेरो मान्यता छ ।

केन्द्र बलियो भएर पार्टी बलियो हुने होइन, जगबलियो भयो भने पार्टीआफैबलियो हुन्छ । क्रियाशील सदस्य टुंग्याउने कुरामा अत्यन्त सावधानीपूर्वक परस्पर विश्वास निर्माण गरेर हामीले जानुपर्छ भन्ने मेरो मान्यता छ ।

क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै संघर्षमारहेकोवरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनाइपार्टीमा नवप्रवेशीलाई मनोमानी ढंगले वितरण भइरहेकोभन्नेछ ।यसलाईतपाईले कसरी लिनुभएको छ?

पुरानो क्रियाशील सदस्य संख्या जति छ, त्यत्ति नै संख्या नयाँ क्रियाशील सदस्य बनाउने केन्द्रको समझदारी छ । केन्द्रमा सबै नेता बसेर गरेको समझदारी अनुसार यस पटक पार्टीका कार्यकर्ताको संख्या दोब्बर हुने भयो । त्यही ढंगले क्रियाशील सदस्यता वितरण  पनि भइरहेको छ । दोस्रो, तलको प्रक्रिया नपुर्‍याइकन सिधै केन्द्रले सदस्यता दिने कुरा छ । यस विषयमा केन्द्रीय कार्यसमितिमा कुरा उठ्छ । वर्तमान पदाधिकारीले यसमा प्रतिवेदन ल्याएपछि त्यहाँ छलफल गर्नुपर्छ । पक्षपात हुन नदिन सही ढंगले टुंग्याउनुपर्छ । कार्यसमितिमा छलफल नभइकन टिप्पणी गर्नु राम्रो हुँदैन ।

काठमाडौं फर्किएपछि शीर्षनेताहरुसँग भेटवार्ता गर्नुभयो । उहाँहरुको मत कस्तो पाउनुभयो?वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्धारित मिति तलमाथि गरिए विशेष महाधिवेशनको प्रस्ताव पेश गर्ने भनिरहनु भएको छ नि?

– विगतमा केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट बनाएको कार्यतालिका अनुसार भदौ मसान्तमा ७७ वटै जिल्लाबाट क्रियाशील सदस्य केन्द्रमा दाखिल भइसक्नुपर्छ भनेको छ । एउटाले पनि बुझाएको छैन । अब त्यो कार्यविधि फेल भइसकेपछि कुन कार्यविधिले क्रियाशील सदस्यता केन्द्रले बुझ्न मिल्छ र जिल्लाले बुझाउन मिल्छ ? मिल्दैन ।

अघिल्लो पटक बनाएको कार्यतालिका काम सम्पन्न नभएपछि नयाँ कार्य तालिका बनाउनु परेन?त्यो रामचन्द्र पौडेलजीले नबुझेको कुरा हो ।

अघिल्लो पटक बनाएको कार्यतालिका काम सम्पन्न नभएपछि नयाँ कार्य तालिका बनाउनु परेन ? आफैले बनाएको कार्यतालिका फेल भइसक्यो । अब अर्को कार्यतालिकै बनाउनु पर्दैन भन्ने रामचन्द्र पौडेलजीले नबुझेको कुरा हो ।

कार्यतालिका परिमार्जन गर्दै महाधिवेशनको मिति सार्दै जाँदा पार्टी संवैधानिक संकटमा पुग्ने तर्क गर्दै उहाँले विशेष महाधिवेशनमा दिरहेको जोडलाई कसरी हेरिराख्नु भएको छ?

–विशेष महाधिवेशन केका लागि भन्नु भएको हो ? त्यो कुरा केन्द्रीय समिति बैठकमा राख्नुपर्छ । विशेष महाधिवेशनको उद्देश्य हुन्छ, एजेण्डा हुन्छ – त्यसै विशेष महाधिवेशन बोलाइँदैन । विशेष महाधिवेशनका एजेण्डा ल्याए छलफल हुन्छ ।

महाधिवेशनको मिति सार्दै जाँदा महाधिवेशन नहुने सम्भावना पनि बढ्दै जाने र पार्टी संवैधानिक संकटमा फस्ने उहाँको तर्कले छ नि त?

– विशेष महाधिवेशनले महाधिवेशनको काम गर्दैन । विशेष महाधिवेशन भनेको अहिलेकै संरचनालाई बोलाउने हो । अहिलेकै संरचनाले महाधिवेशनको निर्वाचन गर्न सक्दैन । अविश्वासको प्रस्ताव ल्याएर दुई तिहाइबाट सभापतिलाई हटाउनुपर्छ । विधानमा त्यही कुरा छ । सभापतिलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन विशेष महाधिवेशनमा जोड दिइएको हो भने पौडेलजीहरुले प्रस्ताव ल्याउनु भएमा हेरौँला नि त ।

विशेष महाधिवेशन बोलाउने र अविश्वासको प्रस्ताव ल्याउने बाटो पौडेलजीले सोच्नु भएको हो भने त्यो गलत हो भन्ने मलाई लाग्छ । यतिबेला केन्द्रमाथप अविश्वास गहिरिएर जाने कुरा गर्नु हुँदैन । यसले पार्टी गम्भीर षड्यन्त्रको  दलदलमा बस्न सक्छ ।

तर अहिले त्यो बाटो जानुहुँदैन । विशेष महाधिवेशन बोलाउने र अविश्वासको प्रस्ताव ल्याउने बाटो पौडेलजीले सोच्नु भएको हो भने त्यो गलत हो भन्ने मलाई लाग्छ । यतिबेला केन्द्रमा थप अविश्वास गहिरिएर जाने कुरा गर्नु हुँदैन । यसले पार्टी गम्भीर षड्यन्त्रको  दलदलमा फस्न सक्छ । काँग्रेस र लोकतन्त्रलाई कमजोर पार्ने शक्ति केन्द्रहरुले नेपाली काँग्रेस पार्टीलाई गम्भीर समस्यामा फसाउन सक्छन् । त्यसबाट जोगिन एक उपाय महाधिवेशन हो । महाधिवेशनको विकल्प छैन । महाधिवेशन नै सम्पन्न गर्नुपर्छ ।

कोरोना महामारी,वर्तमान नेतृत्वको उदासीनता र पार्टीभित्र बढ्दो विवादले सहज ढंगले महाधिवेशन हुन्छ जस्तो लाग्छ?एउटा समूहसभापतिका पछिल्ला निर्णयलाई लिएर संघर्षमा जाने तयारीमा छ ।

केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, वरिष्ठ नेतामा पनि रामचन्द्र पौडेलजी हुनुहुन्छ । केन्द्रमा पार्टी प्रवेश गराउँदा शेरबहादुर रामचन्द्र दुबैको सहमतिले गराउनु भयो । विजय गच्छदारको पार्टीलाई पनि सहमतिले पार्टी प्रवेश गराउनुभयो ।

अहिजे पनिलाई स्वागत गर्दै हिँड्न भएको छ । केन्द्रमा माला लगाउन र भाषण गर्न उहाँहरु सबै जानु नै भएको छ । बरु मेरो उपस्थिति हुन सकेको छैन ।

पार्टीलाई नेतृत्व गर्न सक्छु भन्ने वर्तमान सभापति र वैकल्पिक नेतृत्व दिन सक्छु भन्नेले पनि पार्टीभित्रको विवाद पार्टीभित्रै छलफल गरेर टुंग्याउन सक्छु भन्ने क्षमता प्रकट गर्नुपर्छ ।

काँग्रेस पार्टीभित्र उठ्ने विवादलाई पार्टीभित्रै छलफल गरेर  समाधान दिनसक्नु पर्छ । पार्टीलाई नेतृत्व गर्न सक्छु भन्ने वर्तमान सभापति र वैकल्पिक नेतृत्व दिन सक्छु भन्नेले पनि पार्टीभित्रको विवाद पार्टीभित्रै छलफल गरेर टुंग्याउन सक्छु भन्ने क्षमता प्रकट गर्नुपर्छ ।

छलफल र वार्ताभन्दा नेताहरु विरोध कार्यक्रममा बढी केन्द्रित देखिन्छन् । सोमबार विरोधपत्र पनि बुझाउने काम भयो । यो यस्तो संघर्षले महाधिवेशनमा कस्तो असर पर्छ?

विरोधपत्र दिनु, ज्ञापनपत्र बुझाउनु सामान्य कुरा मानिन्छ । यसलाई म संघर्ष भन्दिनँ । तर पार्टीको महाधिवेशनलाई नकारात्मक प्रभाव हुने काम कसैले गर्नु हुँदैन । अरु गर्नु पाइन्छ । पार्टीभित्र चित्त नबुझेको कुरा उठाउन पाइन्छ, उठाउनुपर्छ, छलफल हुन्छ । सबै साथीले भाग लिन्छन् । त्यो कुरालाई म सामान्य रुपमा लिन्छु ।

राचन्द्रजीले जे गर्नु भएको छ,त्यो केन्द्रीय कार्यसमितिमा छलफलको विषय बन्छ । त्यसमा म पनि आफ्नो कुरा राखुला । तर महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ विचार प्रस्तुत गर्नुपर्छ ।

रामचन्द्रजीले जे गर्नु भएको छ, त्यो केन्द्रीय कार्यसमितिमा छलफलको विषय बन्छ । त्यसमा म पनि आफ्नो कुरा राखुँला । तर महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ विचार प्रस्तुत गर्नुपर्छ । महाधिवेशन सहज ढंगले सम्पन्न कसरी गर्न सकिन्छ भन्ने बाटोमा जानुपर्छ । प्रस्तिस्पर्धा हुन्छ, कसरी निष्पक्ष बनाउन सकिन्छ त्यो बाटोमा जानुपर्छ । त्यसका लागि पूर्ण सहमतिबाटै  निर्वाचन समिति बनाएका छौँ । अब क्रियाशील सदस्यता छानविन समिति पनि सहमतिबाटै बनाउने कुरामा निर्णय भइसकेको छ । त्यो अब चाडै बनाउनुपर्छ । अब हामीले पार्टीका हरेक गतिविधि महाधिवेशनमुखी बनाउनुपर्छ । महाधिवेशनलाई विषयान्तर कसैले गर्छौं भने त्यसले पार्टीलाई कमजोर पार्छ ।

आइतबार वरिष्ठ नेता पौडेलसँगको भेटवार्तामा विरोधपत्रमा हस्ताक्षर नगरेर पनि केन्द्रीय समितिमा एजेण्डागत रुपमा साथ दिनेचन दिनुभएको हो?

सल्लाह गरेर पदाधिकारी तहबाट केन्द्रीय समितिमा उहाँहरुको कुरा आउला नै । विरोधपत्र दर्ता गराएपछि कार्यसमितिमा छलफलको विषय स्वभाविक बन्छ होला  । मैले पनि केही कुरा राख्छु । त्यो पनि छलफलको विषय बन्छ । बैठकमा प्रस्तुत हुने एजेण्डामाथि छलफल हुन्छ । साथ दिने कुरा गर्नु भएको छ । गलतलाई गलत भन्ने हो सहीलाई सही भन्ने हो ।

सभापति र वरिष्ठ नेतासँगको भेटवार्ताबाट महाधिवेशनका सम्बन्धमा उहाँहरुको कस्तो मत पाउनु भयो?

– सभापति र रामचन्द्रजीको एउटै मत पाएँ । ‘फागुनमै महाधिवेशन गर्नुपर्छ’ भन्नेमा उहाँहरु एक ठाउँमा हुनुहुन्छ । कार्यतालिका संशोधन गर्नुपर्दैन भनेर सभापतिजी र रामचन्द्रजी पनि भन्नुहुन्छ । दुबैलाई एउटै प्रश्न राखेर आएको छु – कसरी गर्नु हुन्छ ?

जवाफ के पाउनु भयो?

– दुईजनाले जसरी पनि महाधिवेशन गर्नुपर्छ भन्नुहुन्छ । त्यो उहाँहरुको परिस्थिति र देश राजनीतिलाई बुझ्न नसकेको एउटा आवेश मात्रै हो । त्यो आवेशबाट नेपाली काँग्रेस कुनै पनि निर्णयमा पुग्नुहुँदैन ।

दुजनाले जसरी पनिमहाधिवेशनगर्नुपर्छ भन्नुहुन्छ । त्यो उहाँहरुको परिस्थिति र देश राजनीतिलाई बुझ्न नसकेको एउटा आवेश मात्रै हो ।

१४ औं महाधिवेशनबाट काँग्रेसले परिस्थिति र देशको राजनीति बुझ्ने नेतृत्व पाउ?त्यसका लागि तपाईको स्थान वा भूमिका कहाँ रहन्छ?

म आफै प्रस्तिस्पर्धामा जान्छु । पहिले पनि गएको हुँ । शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वले पार लाग्दैन भन्ने मेरो निष्कर्ष थियो । त्यो कुरा गएको निर्वाचनले सिद्ध पनि गरेको छ । शेरबहादुरजीको टिम र रामचन्द्रजीको टिम मिलेर ६० –४० को भागबण्डामा टिकट वितरण गर्नुभयो । समानुपातिकमा पनि त्यस्तै गर्नु भयो । त्यसको परिणाम काँग्रेसले भोगिपनि सक्यो । यसमा म धेरै समीक्षा गर्न पनि चाहन्नँ । तपाईंले सोधेपछि यति भन्नु बाध्य भएँ ।

आगामी निर्वाचनमा उहाँहरु पनि उठ्नु होला । अरु साथीहरु पनि उठ्नु होला । हाम्रो प्रस्तिपर्धा हुन्छ । मेरो उद्देश्य भनेको शान्तिपूर्ण  र पारदर्शी रुपमा महाधिवेशनका सम्पूर्ण गतविधि सम्पन्न हुन्, निष्पक्षरुपमा परिणाम आओस् । त्यो परिणामबाट जो नेतृत्वमा आउँछ, त्यो नेतृत्वले सबैलाई समेटेर लिन सकोस् । त्यही उद्देश्यका साथ हामीले काम गर्नुपर्छ ।

महाधिवेशन सम्पन्न भएर परिणाम आइसकेपछि पार्टीभित्र वृहतएकता निर्माण गर्न सकिएनभने नेपाली काँग्रेस अत्यन्त ठूलो कठिनाइमा पर्छ । अहिले विगतको जस्तो देशमा राजनीतिक परिस्थिति छैन । राष्ट्रलाई कम्युनिस्ट पार्टीले कब्जा गरेर बसेको छ । अब काँग्रेसका नेताहरुले त्यतातिर ध्यान नदिएर पार्टीमा मात्र कब्जा गर्न खोज्नुको केही अर्थ हुँदैन ।

महाधिवेशन सम्पन्न भएर परिणाम आइसकेपछि पार्टीभित्र वृहत एकता निर्माण गर्न सकिएन भने नेपाली काँग्रेस अत्यन्त ठूलो कठिनाइमा पर्छ । अहिले विगतको जस्तो देशमा राजनीतिक परिस्थिति छैन । राजनीतिक परिदृष्य नयाँ छ । चारैतिर कम्युनिस्ट पार्टीको सरकार छ । राष्ट्रलाई कम्युनिस्ट पार्टीले कब्जा गरेर बसेको छ । अब काँग्रेसका नेताहरुले त्यतातिर ध्यान नदिएर पार्टीमा मात्र कब्जा गर्न खोज्नुको केही अर्थ हुँदैन ।

पार्टी नेतृत्वमा पुग्न आकांक्षा राख्नु स्वभाविक हो । त्यसलाई म प्रशंसा गर्छु । तर प्रतिस्पर्धा सहज ढंगले गर्नुपर्छ र नेतृत्वमा रहनुपर्छ भन्ने मेरो मान्यता रहन्छ । त्यसपछि सम्पूर्ण एकता निर्माण गरेर हाम्रा वर्तमान उपलब्धि लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धति र संवैधानिक व्यवस्थालाई सुदृढ गर्नका लागि काँग्रेस पार्टीले देशव्यापी रुपमा एउटा अभियान चलाउनुपर्छ । मलाई आज पनि लाग्छ– नेपाली काँग्रेस पार्टी मुलुकलाई नेतृत्व दिन सक्ने अवस्थामा छ । हामी चुनावमा पराजय भएपनि सिद्धान्त, नीति र विचारको दृष्टिकोणले हाम्रो विजय भएको म ठान्दछु ।

सरकारप्रति जनताको ठूला गुनासा छन्कमजोरीसरकारको हुँदा हुँदा गुनासोलाईव्यवस्थाले नै दिन सकेन भन्नेतर्फ भड्काउखोजिँदैछ । यसमा काँग्रेस पार्टी गम्भीर हुनुपर्छ ।

भविष्य लोकतन्त्र र लोतान्त्रिक शासन व्यवस्थाकै हो । त्यसैले नेपाली काँग्रेस पार्टीको भविष्य छ । तर परिर्वतित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थामार्फत जनतालाई जुन स्तरको समृद्धि दिनसक्नुपथ्यो, राज्य सञ्चालकबाट आज जनताले पाइनराखेको अवस्था छ । त्यसैले सरकारप्रति जनताको ठूला गुनासा छन् । कमजोरी सरकारको हुँदा हुँदा गुनासोलाई व्यवस्थाले नै दिन सकेन भन्नेतर्फ भड्काउन खोजिँदैछ । यसमा काँग्रेस पार्टी गम्भीर हुनुपर्छ । यस्ता खाले सैद्धान्तिक, नीतिगत, संवैधानिक, राजनीतिक चुनौतिलाई समाना गर्न नेपाली काँग्रेस पार्टी आगामी महाधिवेशनको परिणामपछि  सम्पूर्ण एकता गरेर जनतामाझ पुग्नुपर्छ । मेरो उद्देश्य महाधिवेशन सम्पन्न गर्ने मात्र छैन, महाधिवेशनपछि सम्पूर्ण एकता गर्ने पनि छ । त्यो उद्देश्यका साथ पार्टीका साथीहरुलाई आफ्ना कुरा राख्ने गरेको छु ।

त्यसो भए १४ औं महाधिवेशनमा तपाईं अर्जुन वा कृष्णको भूमिकामा देखिनुहुन्छ?

पार्टीभित्र मैले चाहेको आमुल परिवर्तनमा  नेतृत्व, नीति निर्माण, कार्यक्रम, व्यवहार, मूल्यांकन, न्याय, विवेक धेरै चिजहरु पर्दछ । विगतमा भएका विसंगतिलाई अन्त्य गरेर  नयाँ परिस्थितिमा पार्टीलाई स्थापित गर्नुसक्नुपर्छ । यसका विस्तित एजेण्डा महाधिवेशनमा प्रस्तुत गरुँला ।

रहर गर्न सबै साथीले पाउनुहुन्छ । सभापति शेरबहादुरजीको,रामचन्द्रजीको,मेरो वा अन्य साथीहरु हकमा अधिवेशन सुरु भएपछिपाइला पाइलामानयाँ निर्णय आउन थाल्छन् । विगतका अधिवेशनको मलाई राम्रो ज्ञान छ ।

दोस्रो कुरा, १४ औं महाधिवेशनको अन्तिम निष्कर्ष कुनै नेताले गर्नु सक्नुहुन्न । सबैको भनाइ रहरको भनाइ मात्र हुन्छ । रहर गर्न सबै साथीले पाउनुहुन्छ । सभापति शेरबहादुरजीको, रामचन्द्रजीको, मेरो वा अन्य साथीहरु हकमा अधिवेशन सुरु भएपछि पाइला पाइलामा नयाँ निर्णय आउन थाल्छन् । विगतका अधिवेशनको मलाई राम्रो ज्ञान छ । आठौं महाधिवेशनमा किसनजीलाई सर्वसम्मत रुपमा नेतृत्वमा चयन गर्‍यौं । नवौं महाधिवेशनपछि हरेक महाधिवेशन मैले नजिकबाट हेरेको छु । केही महाधिवेशनमा म आफैले भित्री भूमिका खेलेको छु । हरेक पाइलामा आन्तरिक समीकरण परिवर्तन भएको पनि देखेको छु । अहिले शेरबहादुरजी र रामचन्द्रजीको टिममा रहेको साथीहरु त्यही रहन्छन् भन्ने कुनै टुंगो छैन । उहाँहरु नै उठ्नुहुन्छ भन्ने पनि टुंगो छैन । उठ्न खाजेको अन्य साथीहरु पनि उठ्नु हुन्छ भन्ने टुंगो छैन । तपाईले सोधेको प्रश्नको सही उत्तर ७ वटा प्रदेश अधिवेशनपछि मात्र पाउनुहुन्छ ।

नवौंमहाधिवेशनपछि हरेक महाधिवेशन मैले नजिकबाट हेरेको छु । केही महाधिवेशनमा म आफैले भित्री भूमिका खेलेको छु । हरेकपाइलामाआन्तरिक समीकरण परिवर्तन भएको पनि देखेको छु । अहिले शेरबहादुरजी र रामचन्द्रजीको टिममा रहेको साथीहरु त्यही रहन्छन् भन्ने कुनै टुंगो छैन ।

देउवा र पौडेल समूहबाट बाहिरिनेहरुका लागि विकल्प तपाईले नेतृत्व गरेको समूह बन्छ?

नयाँ समीकरण विकसित हुन्छ । हाम्रो बलियो सम्भावना देखेको छु । राजनीतिमा सम्भावनाको खेल कहिलै टरेर गएको छैन । सम्भावना राम्रो देखेको छु । साथीहरुले प्रेसमा जे भने पनि महाधिवेशनमा कसरी प्रतिस्पर्धा गर्ने भनेर भित्री रुपमा विभिन्न नेताको विभिन्न तरिकाको भेटघाट भइरहेको छ । तर प्रेसका साथीहरुले खोजेको उत्तर अहिलै पाउन सक्नुहुन्न । किनकि पार्टीको महाधिवेशनका लागि आन्तरिक प्रतिस्पर्धा सोचेजस्तो सहज छैन ।

युवा पंक्ति जबरजस्त ढंगले आइरहेको अवस्थामा तपाईले आफ्नो राजनीतिक भविष्यका हिसाबले १४ औं महाधिवेशनलाई कसरी हेर्नु भएको छ?

यस पटक वडादेखि केन्द्रसम्म युवा पंक्ति निकै दरो ढंगले अगाडि बढ्छ । यो समयको माग पनि हो । यसको अर्थ सबै पुराना साथीहरु निवृत्त हुने मैले देखेको छैन । पुरानै टिममा बसेर साथीहरु अगाडि बढ्ने परिस्थिति बन्छ ।

मैले व्यक्तिगत कुरा गर्न खोजेको हो । १४ औं महाधिवेशनमा नेतृत्वमास्थापित हुन सक्नु भएन भने युवाको जबरजस्त उस्थितिले अविभावकीय भूमिकामा पुग्ने अवस्था देखिन्छ नि?

यस पटकको महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आमूल परिवर्तन हुन्छ । मेरो बारेमा पछि आएर सोध्नु न ! महाधिवेशनको वातावरण त बनाऔं । महाधिवेशन हुनेबारे अविश्वासको दलदलमा पार्टी फस्दै गएको देखेको छु । यस्तो बेला धेरै कुरा नगरौँ ।

महाधिवेशन हुनेबारे अविश्वासको दलदलमा पार्टी फस्दै गएको देखेको छु । यस्तो बेला धेरै कुरा नगरौँ ।

सभापति र तपाईबीच शनिबार भएको भेटवार्तालाई आशंकाको दृष्टिकोणले हेरिएको छ । एउटा पक्षले तपाईहरुबीच चोचोमोचो मिलेको ढगले बुझेको पाइन्छ?खास कुरा के भएको थियो?

जसले यस्तो कुरा गरेका छन्– त्यो दरिद्र र कमजोर मानसिकताको उपज हो । उहाँसँग महाधिवेशन कसरी गर्ने भन्ने विषय बाहेक केही कुराकानी भएको छैन ।

भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललगायतको विस्तार किन हुन सकिरहेको छैन । अहिले गर्नु हुन्छ?

मेरो नयाँ प्रस्ताव छ । केन्द्रीय कार्यसमितिमा पनि राख्छु । अब नेपाली काँग्रेस पार्टीले आन्तरिक गतिविधिमा महाधिवेशनलाई मात्रै केन्द्रमा राखेर काम गर्नुपर्छ । अब समय र ध्यान अर्कोतिर मोडनु हुँदैन । फागुनमा हुन सकेन भने पनि बैशाखभन्दा ढिलो नगरी महाधिवेशन सम्पन्न गर्नुपर्छ । अनि यी सबै कुरा समाएर लाने जिम्मेवारी महाधिवेशनको नेतृत्वको हुन्छ ।

त्यसो भए काँग्रेसले नयाँ नेतृत्व नपाएसम्म वर्तमान भ्रातृ संसठन यही ढंगले अगाडि बढ्छ्न?

के गर्न सकिन्छ त ? अधिवेशन गर्न सकिँदैन । विस्तारको कुरा समयमा भएन । समयमा भएन भने निरर्थक हुँदै जान्छ । अब अरु विषयतिर ध्यान दिन आवश्यक छ जस्तो मलाई लाग्दैन । भ्रातृ तथा शुभेच्छुक संस्था लगायतलाई संगठित  गरेर परिचालित गर्ने जिम्मा महाधिवेशनबाट आउने नेतृत्वको हुन्छ । छिट्टो भन्दा छिट्टो महाधिवेशन गर्नुको विकल्प छैन । धेरै झगडा भयो भने बैशाखमा पनि महाधिवेशन हुँदैन । अनि ठूलो कलहमा काँग्रेस मुर्खता बस फस्दै जान्छ । त्यस्तो मर्खता पूर्ण निर्णय र गतिविधिमा पार्टीलाई पुग्न दिनुहुँदैन भन्ने मेरो स्पस्ट मत छ ।

भ्रातृ तथा शुभेच्छुक संस्था लगायतलाई संगठित  गरेर परिचालित गर्ने जिम्मा महाधिवेशनबाट आउने नेतृत्वको हुन्छ । छिट्टो भन्दा छिट्टो महाधिवेशन गर्नुको विकल्प छैन । धेरै झगडा भयो भने बैशाखमा पनि महाधिवेशन हुँदैन ।

सरकारसँग भागबण्डा खजेर काँग्रेस अलमलिरहेको देखिन्छ । पार्टीभित्र र बाहिर पनि यसबारे आवाज उठेको छ । यसबारे तपाईको धारणा के हो

संवैधानिक परिषदले गर्ने निर्णयमा विपक्षी दलको नेता पदेन सदस्य हुन्छ । संवैधानिक परिषद्ले नियुक्त गर्ने कुरामा पार्टी सभापतिले प्रतिपक्षी नेताको हैसियतले आफ्नो कुरा स्पस्ट राख्नुपर्छ । संवैधानिक निकायमा उपयुक्त मानिसहरु राख्ने कुरामा अडान दिनुपर्छ । अन्य विषयमा भागबण्डा खोज्नु हुँदैन । संवैधानिक आयोग कम्युनिस्ट र काँग्रेस पार्टीका कार्यकर्ता भर्ती गर्ने ठाउँ होइन । सरकारले नियुक्त गर्ने कुरामा काँग्रेसले प्रतिपक्षी नजरले मूल्यांकन गर्नुपर्छ ।

संवैधानिक आयोग कम्युनिस्ट र काँग्रेस पार्टीका कार्यकर्ता भर्ती गर्ने ठाउँ होइन । सरकारले नियुक्त गर्ने कुरामा काँग्रेसले प्रतिपक्षी नजरले मूल्यांकन गर्नुपर्छ ।

संविधान बनेको ५ वर्षसम्म पनि संवैधानिक आयोगमा नियुक्त नहुँदा पनि काँग्रेसले दबाब दिन किन सकेन?सरकारसँग चर्कोसँग बोल्दा भागनपाउने भएर हो?

यो सब कम्युनिस्ट पार्टीको गल्ती हो, कमजोरी हो । आफू काम गर्न नसक्ने दोष प्रतिपक्षी दललाई लगाउने ? उसले गरोस् न । यता संवैधानिक परिषदको महत्वपूर्ण सदस्य उपसभामुखको पनि निर्वाचन हुन सकेको छैन । किनभन्दा कम्युनिस्ट पार्टीले राख्न नपाउने भएकोले सरकार उदासीन छ । त्यहाँ महिला हुनुपर्छ र अर्को पार्टीको पनि हुनुपर्छ । अर्को पार्टीभन्दा कि काँग्रेसको कि जनता समाजवादी पार्टीको हुने भयो । संवैधानिक परिषदमा एउटा महिला छैन । महिला भनेको त्यही उपसभामुख पद हो । सरकारले उपसभामुख पदको निर्वाचानमा चासो दिँदैन । सरकारले सभामुखलाई कार्ययोजना दिने, सभामुखले कार्यसूची ल्याउन र संसदले निर्वाचन गर्ने  हो । सरकारले किन उपसभामुखको निर्वाचन गर्दैन प्रश्न यहाँनिर छ ।

तपाईलाई मेरो प्रतिप्रश्न छ । सरकारलाई काँग्रेसले प्रश्न किन उठाउन सकिरहेको छैन?

– तपाईको प्रश्न जायज छ । संसदभित्रका हाम्रो दलका नेता पार्टी सभापति, उपनेता पार्टी उपसभापति, पार्टीका वर्तमान महामन्त्री, पूर्वमहान्त्री, वर्तमान कोषाध्यक्षले किन कुरा नउठाएको – उहाँहरुलाई गएर यो प्रश्न सोध्नुहोस् । यस विषयमा पार्टीको केन्द्रीय समितिमा कुरा उठाइन्छ । तुरुन्त उपसभामुखको निर्वाचन गर्नुपर्छ भनेर पनि पार्टीले निर्णय गर्छ ।

उपसभामुखको निर्वाचन कुरा उठिरहँदा सरकारले हठातअन्त्य गरेको संसद अधिवेशन बोलाउने विषयमा काँग्रेस किन मौन छ । विपक्षी जनता समाजवादी पार्टीले काँग्रेससँग आग्रह गर्दा पनि काँग्रेसले विशेष अधिवेशन बोलाउन अग्रसरता नलिनुको रहस्य के छ?

संसद अधिवेशन सरकारले बोलाउने हो । संसदका एक तिहाइ सांसदले संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्न सक्थ्यो । त्यो किन हुन सकेन, मलाई पनि थाहा छैन । म संसदमा छैन । संसदको बैठक बोलाउन केही कुराले रोक्छ जस्तो लाग्दैन मलाई ।

अन्तमा कोरोना महामारी नियन्त्रणका लागि सरकारलाईसुझाव र दबाबदिनका लागि काँग्रेसकोभूमिकाकस्तो पाउनु भयो?

–  सरकारसँग कोभिड–१९ संक्रमणको महामारीमा रोक्ने कुनै योजना र  क्षमता पनि देखिएन । लकडाउन लगाउने र खुला गर्ने बाहेक सरकार अरु केही जानेको पनि रहेनछ । जनता संकटमा पर्दा केही गर्न नसक्ने सरकार हो भन्ने मेरो निष्कर्ष छ ।

काँग्रेस पार्टीले कोभिड१९ को महामारी र अन्य तमाम विषयमा दरो ढंगले कुरा उठाउन नसकिएको पनि स्वीकार गर्छु ।

तर काँग्रेस पार्टीले कोभिड–१९ को महामारी र अन्य तमाम विषयमा दरो ढंगले कुरा उठाउन नसकिएको पनि स्वीकार गर्छु । साथै काँग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको कोरोना अनुगमन समितिले खासै केही काम गरेको छैन । त्यो कमिटी पार्टीको गुट विस्तारमा लाग्यो भन्ने आरोप छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.