मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतका अमिरको मृत्यु

मङ्गलबार, १३ असोज २०७७, २३ : ३८
मङ्गलबार, १३ असोज २०७७

एजेन्सी । कुवेतका वरिष्ठ राजनीतिज्ञ एवम् शीर्ष नेता (अमिर) शेख सबा अल अहमद अल सबाहको मृत्यु भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । उनलाई सन् १९९० को खाडी युद्धपछि इराकसँग निकटता बढाई तेल व्यापारमार्फत सम्पन्न राष्ट्र निर्माणको जग निर्माण गरेको श्रेय जान्छ । उनी शेख अहमद अल जबर अल सबाका चौथो छोरा हुन् । उनका ८३ वर्षीय भाई शेख नवाफ अल अहमद अल सबालाई भने अस्थायी रुपमा क्राउन प्रिन्सको रुपमा केही अधिकार प्रदान गरिएको छ । 

शेख सबा अल अहमद केहीदिन पहिले शल्यक्रियाका लागि अमेरिका गएको थिए । उनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  अमेरिका लैजानका लागि एयरफोर्स विमान पठाएका थिए । ट्रम्पको सो कदमको प्रशंसा गर्दै कुवेती राजकुमारले उनलाई धन्यवादसहितको पत्र पठाएका छन् । 

सन् १९२९ मा जन्मिएका शेख सबा आधुनिक कुवेतको विदेश नीतिको वास्तुकारका रुपमा चिनिन्छन् । प्रधानमन्त्री हुनुभन्दा पहिले उनी स्न १९६३ देखि २००३ का बीच लगभग ४० वर्ष विदेशमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए ।  सन् २००६ मा शेख जबर अल सबाको मृत्युपछि उनी कुवेतको अमिर बनेका थिए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप