बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्ष जनकपुरको राजदेवी मन्दिरमा बलि नदिइने

मङ्गलबार, १३ असोज २०७७, २२ : २२
मङ्गलबार, १३ असोज २०७७

जनकपुर । कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसवर्ष जनकपुरमा विजयी दशमीमा बलि नदिइने भएको छ । प्रत्येक वर्ष विजया दशमीको अवसरमा जनकपुरधाम स्थित राजदेवी मन्दिरमा १५ हजार भन्दा बढी बोका बलि दिइँदै आएको थियो । तर यसवर्ष जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोका बलि नदिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवार एक सूचना गरी कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै यस वर्षको वडादशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोका बली नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको र त्यसको पालना गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा राजनैतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट यस्तो निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप