शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोलेरोले ठक्कर दिँदा एकको मृत्यु

मङ्गलबार, १३ असोज २०७७, २२ : १२
मङ्गलबार, १३ असोज २०७७

झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको  जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई  बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझनिधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । 

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप