बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोनाबाट थप ३ को मृत्यु,  सुदूरपश्चिममा हालसम्म १५ को मृत्यु

मङ्गलबार, १३ असोज २०७७, २१ : ५३
मङ्गलबार, १३ असोज २०७७

प्रदेश १ पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना  सङ्क्रमति थपिएका छन् ।  मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एक÷एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको छ ।

आज थपिएका सङ्क्रमति मध्ये ३९ जना महिला र ८३ जना पुरुष रहेका छन् ।  मोरङमा ८६ जना मध्ये विराटनगरमा ६१, सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एकएक र तथा  प्रदेश बाहिरका चार जना थपिएका छन् । 

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६४१ पुगेको , हालसम्म तीन हजार ४१ जना डिस्चार्ज भएको र  एक लाख २२ हजार ७७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।  
यसैगरी कोरोना भाइरस सङक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । 

 ६ जिल्लामा गरी हालसम्म सङक्रमणबाट १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

सोमबारसम्म सुदूरपश्चिममा सात हजार ११८ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा ६ हजार १०१ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

कोरोनाबाट सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । बझाङ्ग, अछाम र बाजुरामा दुई÷दुई जनाको र डडेल्धुरा र बैतडीमा एक÷एक जनाको मृत्यु भएको निर्देशनालयका सम्र्पक व्यक्ति जोशीले जानकारी दिए । उनले  स्वास्थ्य निर्देशनालयले अन्य प्रदेशलाई पनि कोरोना परीक्षणका लागि स्वाब यहाँ बढाउन समेत आग्रह गरेको बताए । त्यसैगरी सुदूरपश्चिममा हालसम्म गम्भीर खालका सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा समेत उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप