शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्चार्ज’ खटाउन प्रहरीले बनायो नयाँ सरुवा मापदण्ड

कारवाही भोग्ने र पुनर्वहाली हुनेलाई एक वर्ष इन्चार्ज नपठाइने
मङ्गलबार, १३ असोज २०७७, २१ : ०६
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सरुवाका लागि नयाँ मापदण्ड बनाएको छ । ०६९ मा जारी ‘सरुवा मापदण्ड’लाई परिमार्जन गरेर नयाँ मापदण्ड लागू गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

इन्चार्ज खटाउन नयाँ मापदण्डमा विभिन्न ‘शर्त’ राखिएको छ । एक बर्षको समयावधि पुरा नभइ अब, प्रहरी कर्मचारीको सरुवा हुँदैन । दरबन्दीमा एक बर्ष काम नगरेका र अवकासमा जान १ बर्षभन्दा कम समय बाँकी भएकालाई इन्चार्ज नबनाइने भएको छ ।   

३ ठाउँमा इन्चार्ज चलाएका इन्सपेक्टर र डीएसपीलाई इन्चार्ज नदिने सरुवा मापदण्ड लागू गरिएको कर्मचारी प्रशासन शाखाका एक अधिकृतले रातोपाटीलाई बताए ।

कारबाही भोगेका प्रहरी अधिकृतले पनि १ बर्षसम्म इन्चार्ज हुन पाउँदैनन् । युएन मिशनबाट फर्केका र रिक्रुट (भर्खरै तालिम पुरा गरेका) प्रहरी निरीक्षकले कम्तिमा एक बर्ष सहायक भएर फिल्डमा काम गरेपछि मात्र इन्चार्ज हुन पाउने हक राख्छन् ।

‘परिमार्जित सरुवा मापदण्ड अनुसार  डीएसपीले अब दुईपटक जिल्लाको कमाण्ड पाउँदैनन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले रातोपाटीसँग भने, ‘बढुवा भएका प्रहरी अधिकृतले तत्काल इन्चार्ज पाउँदैनन् ।’

प्रहरी उपरीक्षक (एसपी)को संख्याचाहिँ थोरै भएको भन्दै प्रहरी प्रधान कार्यालयले बढुवाको अवधि नहेर्ने नीति लिएको छ । इन्चार्ज खटाइएका प्रहरी उपरीक्षकले आफ्नो कमाण्डमा ढुक्कले काम गर्न पाउँछन् ।

आर्थिक विवाद वा आचरण विपरितको काम गरेमा चाहिँ एकबर्ष नपुग्दै फिर्ता बोलाउने मापदण्ड बनाइएको छ । निलम्बनमा परेर पुनर्वहाली भएका अधिकृतले एक बर्ष नपुगेसम्म इन्चार्ज हुन पाउँदैनन् ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी)ले इन्चार्ज बाट सोझै अर्को ठाउँमा इन्चार्ज बन्न नपाउने मापदण्ड लागू गरिएको छ ।

‘एसपीलाई तत्काल गणको इन्चार्ज पनि नदिईने मापदण्ड छ,’ कर्मचारी प्रशासन शाखामा कार्यरत एक अधिकृतले रातोपाटीसँग भने, ‘यसअघिको डिएसपी सरुवा देखि  नै सो मापदण्ड लागू भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप