बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार, १३ असोज २०७७, २० : ३४
मङ्गलबार, १३ असोज २०७७

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका– १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु२च २४१२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । 
कालीकोटका प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार सहचालक सुर्खेत निवासी दीपक डाँगी घाइते भएको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीपमा ६ जना सवार रहेको बताइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप