शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीताराम हाछेथुको नेतृत्वमा ललितपुरमा होर्डिङ बोर्ड हटाउन थालियो (फोटोफिचर)

मङ्गलबार, १३ असोज २०७७, १९ : ३१
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । ललितपुर महानगरपालिकाभित्र नियम विपरित राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको छ । पूर्वट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुको नेतृत्वको टोलीले मंगलबार ललितपुर महानरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका अवैध होर्डिङ बोर्ड हटाइएको हो । हाल ललितपुरको नगर प्रहरी बलका प्रमुखको जिम्मेजवारी हाछेथुले सम्हालेसँगै नगरलाई सुन्दर बनाउने अभियान अन्तर्गत होर्डिङ बोर्ड हटाउन थालिएको हो । 

कानुनी रुपमा काठमाडौं उपत्यकाभित्र होडिङ बोर्ड निषेध गरिएको छ । सर्वोच्चले केही वर्षअघि उपत्यका क्षेत्रमा रहेका व्यावसायिक होर्डिङ बोर्डहरू, भित्ते लेखन, पोष्टर, पम्प्लेटलगायतका सामग्री हटाउन आदेश दिएपनि कार्यान्वयन हुन नसकेको थिएन । 

हाछेथुले ललितपुर महानगरलाई सुन्दर राख्न नियम विपरित राखिएका बोडर्हरु हटाउन सुरु गरिएको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप