मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसीको जीवनरक्षा गर: समाजवादी विद्यार्थी युनियन

मङ्गलबार, १३ असोज २०७७, १८ : ५८
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं–जसपा नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले अनसनरत डा.गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ । युनियनले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग सो माग गरेको हो । जारी विज्ञप्तिमा डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले तत्काल जीवनरक्षा गर्न माग गरिएको छ ।

युनियनले डा.केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिँदै उनले उठाएका दुर्गम भेगका जनतालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच हुनुपर्छ भन्ने माग सही भएको दाबी समेत गरेको छ । युनियनले डा.केसीका माग जनहितमा भएको जनाउँदै उनका मागप्रति ऐक्यबद्धता समेत जनाएको छ । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा।गोविन्द केसी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप