शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केटीएम ३९० एडभेन्चरको शानदार आगमन, मूल्य कति ?

मङ्गलबार, १३ असोज २०७७, १८ : ५२
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्डले केटीएम ३९० एडभेन्चर सार्वजनिक गरेको छ । नेपालभरका केटीएम शोरुमहरुमा केटीएम ३९० एडभेन्चर नौं लाख ९९ हजार नौं सयको मूल्यमा बुकिङ्ग सुरु भएको छ । यो बाइकको बिक्री सुरु भइसकेको छ । 

नेपालको एडभेन्चर राइडिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एडभेन्चरले केटीएममा नै शानदार आगमन गरेको छ । गएका वर्षहरुमा एडभेन्चर यात्रा र अफरोड राइडिङमा मानिसहरुको चासो बढिरहेको हामी सबैले देखेका छौं । यही बदलिँदो ट्रेण्डलाई ध्यानमा राखेर एडभेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एडभेन्चर बनाइएको कम्पनीले बताएको छ । 

यसको ‘रेडी टु रेस’ मन्त्रका साथ, केटीएमसँग मोटरस्पोर्टसहरूमा अतुलनीय इतिहास छ । जसमा, ६६ वर्ष भरिमा ३०० भन्दा विश्व च्याम्पियनशिपहरूको गौरवमय जित छ । डाकर र्याली नामक सबैभन्दा कठिन र्यालीमा केटीएमले लगातार प्रभुत्व जमाउँदै आएको छ । २००१ पछि आफ्नो केटीएम ४५० र्यालीको साथ १८ पटक च्याम्पियनशिप जितिसकेको छ । केटीएम ३९० एडभेन्चर वास्तवमा डाकर विजयी केटीएम ४५० र्यालीबाट प्रेरित छ ।

केटीएमको उच्च इतिहासबाट प्रभावित र्याली  रेसिङ्गमा चेसिस, प्रोफाइलिंग र अन्य विशेषता जस्तै कि ठूलो इन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्शनको व्यवस्था छ ।

३९० एडभेन्चर, एडभेन्चर यात्राको लागि बनाइएको कम्पनीले बताएको छ । जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएमको अगाडिको व्हिल भएको डब्लुपीको लामो दुरीको ट्राभल सस्पेन्शन छ । मेटजेलरको नोबी टायरहरु, २००एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, लङ्ग व्हिल बेस, विस्तारीत विण्डसिल्ड र इञ्जिनको लागि सुरक्षित बेस प्लेट छ ।

३९० एडभेन्चरको सबैभन्दा पृथक पक्ष भनेका यसको साथमा आउने फर्स्ट क्लास इलेक्ट्रोनिक्सको सेट र राइडर एड हो । जुन अहिलेसम्म सुपर बाइकको साथमा मात्र उपलब्ध थियो । इलेक्ट्रोनिक कन्ट्रोल युनिट वाइसीयू कन्ट्रोलस भनेको लिन एन्जल सेन्सिटिभ मोटरसाइकल ट्रान्ज्याक्सन कन्ट्रोल जस्तो इलेक्ट्रोनिक एडको होस्ट हो ।

जसले अत्यधिक धूलो र लूज ग्राभल सतहमा पनि बाइकलाई स्थीरता दिन्छ । कर्नेरिङ एबीएस जसले घुमाउरो बाटो, अफरोड एबीएस लूज ग्राभल सतहमा सुरक्षित र शानदार राइडको सन्तुलित आनन्द दिन्छ । आरमदायी क्लचलेस अप र डाउन सिफ्टीङको लागिको क्वीक शिफ्टर कल, म्यूजिक र वैकल्पिक टर्न–बाइ–टर्न न्याभिगेशनको लागि यसमा केटीएम माइ राइड  स्मार्टफोन कनेक्टीभिटी छ । फूल–कलर टिएफटी डिस्प्लेद्वारा यो सबै राम्रो ढंगले डिस्प्ले र रिलेड गरिन्छ । यी फिचरहरुले निर्बाध रुपले राइडरलाई धेरैभन्दा धेरै कन्ट्रोल दिन्छ र ज्यादै जटिल समयमा पनि समाधान दिन्छ ।

३९० एडभेन्चर, केटीएम ३९० डूक इञ्जिनको बुहुमुखी प्रतिभामा आधारित गरी बनाइएको छ । अत्याधुनिक डिओएचसी सिंगल सिलेन्डर हेड प्रविधि केटीएमको हाई–पर्फर्मेन्स रेस मोडलहरुबाट लिइएको हो र इएफआई र राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ एचपीको पावर र ३७एनएमको टर्क दिन्छ ।

केटीएम ३९० एडभेन्चर विशेष गरी त्यस्ता राइडरहरु प्रति लक्षित छ । जो जस्तो सुकै उबड–खाबड तथा साँगुरो बाटो, अफरोड, ग्राभल, पानीक्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दूरीको यात्रा गर्न चाहन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप