सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजना सुरु
![सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजना सुरु](https://rpcdn.ratopati.com/media/albums/suzuki_parbotsab_58EHg5RHGt.jpg)
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ११ असोजदेखि सुरु हुनेगरी यस दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस, न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निःशुल्क पाउनेछन् । साथसाथै कुनैपन व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ विक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउनेछन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्राण्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स, वागेन आर, इग्निस, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एलसिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा