डा.केसीका मागको विषयमा वार्ताबाट समाधान खोज्न अपिल

काठमाडौं । जवाफदेहिता निगरानी समितिले डा गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा.केसीको मागका विषयमा समाधान खोजी उनको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग अपिल गरेका छन् । चिकित्सक डा.केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता मागका सम्बोधन गर्न समितिले ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “डा केसीले ज्यान जोखिममा राखेर थाल्नुभएको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो ।” डा.केसीलाई जुम्लाबाट काठमाडौँ स्थानान्तरण गरी नेसनल ट्रमा सेन्टरमा राखिएको छ ।