निसानको फेस्टिभ अफरः २० लाखसम्मको नगद छुट तथा रेडभी नोट ९प्रो म्याक्स मोबाइल फोन
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ३५ हजार नौं सय ९९ रुपैयाँ बराबरको रेडभी नोट ९प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।
यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ, बस हाई प्रेसर वासर तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व.को सडक कर र स्पट एक्सचेञ्जको सुविधा पनि लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ