शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेत्री नुसरतलाई ज्यान मार्ने धम्की

मङ्गलबार, १३ असोज २०७७, १७ : ०४
मङ्गलबार, १३ असोज २०७७

मुम्बई । अभिनेत्री नुसरत जहानलाई ज्यान मार्ने धम्की मिलेको छ । दुर्गा भगवती अवतारमा तस्बिर सुट गरेको कारण उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको हो ।  दुर्गा अवतारमा खिचिएको तस्बिर उनले इस्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनी हातमा त्रिशुल समाएर दुर्गा अवतारमा देखिएकी छन् । तस्बिर सार्वजनिक गरेपछि धार्मिक विभेदको आरोपको समेत सामना गरेकी उनको सोही कारणले आलोचना समेत सुरु भएको थियो ।

सामाजिक सञ्जालमा धेरैले उनलाई मार्ने धम्की दिएका छन् भने केहीले मुस्मिल विरोधीको आरोप लगाएका छन् । उनको दुर्गा अवतारलाई देखेर केहीले मृत्युको समय समेत आएको बताएका छन् । तस्बिरका कारण केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई शरीर ढाकेर किन हाँस्न नसकेको ? भनेर प्रश्न पनि गरेका छन् । एक प्रयोगकर्ताले उनलाई नाम नुसरत जहानबाट परिवर्तन गरेर नुसु दास, घोष अथवा सेन राख्न पनि सुझाएका छन् ।

अभिनेत्री नुसरतलाई यस अगाडि पनि यस्ता धम्की आउने गरेका थिए । किनभने मुस्मिल परिवारमा जन्मिए पनि उनले हिन्दू ब्यक्ति निखिल जैनसँग विवाह गरेकी थिइन् ।  अभिनेत्री नुसरत हालै फिल्म ‘स्वास्तिक संकेत’को सुटिङका लागि लन्डन उडेकी छन् । यो उनको करियरको २३ औं फिल्म हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप