बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिनेशको फिल्ममा प्रदीप

मङ्गलबार, १३ असोज २०७७, १६ : ५१
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । प्रदिप खड्का पछिल्लो समयका स्टार हुन् । उनी अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी चैत्रमा रिलिजमा आउँदैछन् । यही टिमको फिल्म ‘हुतुतु’मा पनि उनी काम गर्दैछन् । उनले अहिले एक नयाँ फिल्म समेत साइन गरेका छन् । निर्देशक दिनेश राउतको नाम जुर्न बाँकी फिल्म अभिनयका लागि उनले साइन गरेका हुन् ।

सामाजिक कथामा बन्ने फिल्मको अहिले निर्माण गृहकार्य भइरहेको छ । गृहकार्य सकिएपछि  फिल्मको नाम सार्वजनिक गर्ने योजना निर्देशक राउतले बनाएका छन् । फिल्मको नाम, कलाकार छनौट र निर्माण तयारीमा अहिले आफु लागि रहेको निर्देशक राउतले बताए । हुन त केही पहिले प्रदीपको स्वर्गिय गायक अरुण थापाको बायोपिक फिल्ममा पनि काम गर्ने चर्चा चलेको थियो । उक्त चर्चा अहिले त्यसै सेलाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप