बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा मात्रै ७४७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर निको हुनेको संख्या ५५ हजार नाघ्यो (विवरणसहित)
मङ्गलबार, १३ असोज २०७७, १६ : ४४
मङ्गलबार, १३ असोज २०७७

देशभर कोरोनाभाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् । 
यस्तै आज देशभर १५१३ जना संक्रमित थपिँदा काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा पनि १०१ जनामा संक्रमण पुष्टि भएको छ।  


हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ७६ हजार २५८ पुगेको छ ।  यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 
यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । 

यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप