कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा
मङ्गलबार, १३ असोज २०७७, १६ : ३०
बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए ।
मृतकमा काठमाडौंमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् । यस्तै बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ