निमपानी खानुस्, इम्युनिटी बढाउनुस्
स्वादमा कडा निम स्वास्थका लागि निकै फाइदाजनक छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानी तपाईले घरमै तयार गर्नसक्नुहुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।
निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, घाउ, पेटको समस्या, कपाल झर्ने समस्यालगायत टाढा हुन्छन् । निम पानीको सेवनले हुने फाइदा यस्ता छन् ।
प्रतिरोधी क्षमता बढाउँछ
कोरोनाकालमा स्वास्थ र प्रतिरोधी प्रणालीलाई बलियो बनाइराख्नुपर्छ, यसका लागि निमको पत्ती सेवन गर्नुस् । निमको काडाँ वा यसको पानी पिउनुस् । निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यदी गम्भिर रोगहरुबाट बच्न चाहनुहुन्छ भने आजैदेखि निम पानी पिउन सुरु गर्नुस् ।
दाँतका लागि लाभदायक
दाँतका लागि लाभदाय निमको पानी पिउँदा मुख स्वस्थ रहन्छ । यसले दाँत र गिजासँग जोडिएका समस्या टाढा हुन्छन् । किनकी यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, यसले दाँतमा विद्यमान ब्याक्टेरिया सफा गर्छ । ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने गन्ध पनि टाढा भाग्छ । दाँतसँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ ।
छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ । डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि निम पानी सेवनले राहत दिन्छ ।
निमको पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपालको स्याहार गर्छ । यसको एन्टी ब्याक्टेरियल गुणले छालाको ब्याक्टेरिया मार्छ ।
पेट दुख्ने समस्याबाट पनि निमले आराम दिन्छ । यसले पेटको अल्सर कम गर्छ । पेट फुल्ने, ऐठन, कब्जियत आदी टाढा गर्छ । पेटलाई फ्लु र संक्रमणबाट बचाउँछ । यसले पेटभित्र रहेका हानिकारक ब्याक्टेरियालाई नस्ट गर्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार
-
सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा